नाइजेरिया र केन्याबीच पर्यटन उद्योग विकासका लागि सहकार्य

२५ जेष्ठ २०७१, आईतवार १३:१७ मा प्रकाशित

– सिन्ह्वा

लागोस, २५ जेठ । दुबै मुलुकमा आगामी १२ महिनाभित्र पर्यटन उद्योगको विकासको रुपरेखा तयार गर्नका लागिको नाइजेरिया र केन्या सरकारबीच सहमति भई सहकार्य गर्ने भएका छन् ।
राजधानी आबुजामा आयोजित पत्रकार सम्मेलनमा नाइजेरियाली संस्कृति तथा पर्यटन मन्त्री इडेम डुकेले समाचारदाताहरूलाई सो जानकारी दिनु भएको छ ।
नाइजेरियाको राजधानी आबुजाबाट केन्याको राजधानी नैरोबीसम्म केन्या एयरवेजले सञ्चालन गर्न लागेको नियमित हवाईसेवा शुभारम्भ समारोहमा मन्त्री डुकेले सम्बोधन गर्दै सो बताएका हुन् ।
पर्यटन उद्योगको दिगो विकासले दुबै मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै मन्त्री डुकेले नाइजेरियाको आर्थिक रुपान्तरणका लागि केन्यासँग ब्यापार तथा वाणिज्यका अन्य क्षेत्रमा पनि राष्ट्रिय साझेदारी वृद्धि गरिने बताए ।
अफ्रिकाली पर्यटन उद्योगमा केन्या अग्रणी तथा इन्धन र ग्यास उत्पादन उद्योगमा नाईजेरिया अग्रस्थानमा रहेका छन् । केन्याले हालसालै मात्र आफ्नो मुलुकमा इन्धन र ग्यास खनिज स्रोत रहेको पत्ता लगाएको छ ।
नाईजेरियामा पर्यटन उद्योग र केन्यामा इन्धन, ग्यास उत्पादन उद्योग विकास प्रवद्र्धन गर्दै आपसी हितका लागि अब दुई मुलुकबीच दीर्घ सहकार्य गरिने पनि मन्त्री डुकेले बताए ।
यस सम्बन्धमा दीर्घ योजनाहरु तयार पार्न र लागू गर्न, गराउन दुबै देशका अधिकारीहरु सम्मिलित एउटा द्विपक्ष्ीाय कार्यान्वयन समिति खडा भइसकेको समेत सो पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले