असार १५ पछि एम ए ६० उड्ने

२५ जेष्ठ २०७१, आईतवार ०५:५९ मा प्रकाशित

काठमाडौं, २५ जेठ । असार १५ देखि चीनबाट ल्याइएको एम ए ६० जहाज मार्फत नेपाल वायुसेवा निगमले उडान थाल्ने भएको छ । सबै प्रावधान पुरा गरेर जहाज उडाउन असार १५ सम्म लाग्ने देखिएको हो । अख्तियारले असार १ गतेबाटै उडाउन निर्देशन दिएपनि प्राविधिक काम पुरा नभएकाले निगम व्यवसायिक यात्रा थाल्न सक्षम नभएको हो । निगमले आन्तरिकमा ट्रंक रुट उडान गर्न यो जहाज ल्याएको हो ।

सबै नीजी विमानकम्पनीले सेकेन्ड ह्याण्ड जहाज ल्याएकाले नयाँको डि-रजिष्ट्रेसनको प्रक्रियामा निगम र नागरिक उड्डयन प्राधिकरण दुबै प्रष्ट नभएको प्राधिकरण स्रोतले बतायो । चिनिया अस्थायी दर्ता नम्बरमा नेपाल भित्रिएको जहाजले नेपालमा कलसाइन पाइसकेको छैन ।

त्यो पाउन अघि चिनिया दर्ता नम्बर खोरज हुनुपर्छ । चिनियाँ दर्ताको म्याद असार १३ गतेसम्म छ । ‘यसले गर्दा समेत निगमको उडान सन्चालन अनुमति (एओसी) दिन ढिलो भएको हो,’ स्रोतले भन्यो । निगमका महाप्रबन्धक मदन खरेल पनि आफ्नो लागि जहाजका साथै प्रक्रियागत काम पनि नयाँ भएकाले केही समस्या आएको स्विर्काछन् । ‘हामीले चीनियाँ पक्षलाई समेत रजिष्ट्रेसन हटाउनका लागि सहयोग गर्न पत्राचार गरेका थियौ,’ खरेलले भने ‘तर उताबाट कुनै पहल नभएपछि असार मध्यसम्म कुर्नु पर्ने भयो ।’

चीनियाँ नागरिक उड्डयन विभागले जहाजको चीनियाँ दर्ता नम्बरको म्याद समाप्त हुने मिति आगामी जुन २७ तारिख असार १३ गते राखेको छ । म्याद सकिएपछि स्वतः जहाजको ‘डि-रजिष्ट्रेसन हुने भएकाले त्यसपछि नेपाली कलसाईन दर्ता गर्ने र एक-दुई दिन अन्य तयारीपछि उडान गर्ने योजना रहेको खरेलले बताए ।

‘त्यतिबेला सम्म पर्खनुपर्ने बाध्यता छ,’ उनले भने । यसबाहेक अंग्रेजी बोल्न जान्ने (लेभल ४) का क्याप्टेन शुक्रबार नेपाल आइसकेकाले केहि समस्या भने समाधान भइसकेको छ । यी पाइलटले आइतबारदेखि तालिमका काम शुरु गर्ने छन् । अहिले निगमसंग रहेको ५६ सिटे एम ए ६० जहाज चीनले अनुदानमा दिएकामध्ये एक हो ।

जहाज बैशाख १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको थियो । चीन र नेपाल सरकारबीच भएको सम्झौता अनुसार एक एम ए ६० र एउटा वाई १२ अनुदान तथा एउटा एमए ६० र तीन वाई १२ सहुलियत ऋणमा गरी ६ वटा जहाज निगमका लागि आउने भएको हो । नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमअनुसार जहाज आइसकेपछि मात्र एओसी दिने भएकाले निगमले तत्काल उडान गर्न नसकेको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न