हराएका वृद्ध मृत अवस्थामा फेला परे

२४ जेष्ठ २०७१, शनिबार १७:३१ मा प्रकाशित

कञ्चनपुर, २४ जेठ । नौ दिनअघि घरबाट हराएका कञ्चनपुर कृष्णपुर– २ बंकका अन्दाजी ८५ वर्षका सिद्धीलाल खुनाको शव दीपेन्द्र स्मृति सामुदायिक वनमा फेला परेको छ ।
गाउँ नजिकैको समुदायिक वनमा दाउरा सङ्कलन गर्न गएका स्थानीयले आज वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत भेटिएका वृद्ध सिद्धीलाल खुना भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताए । मृतकका आफन्तले सनाखत गरी शव बुझेर लगेको उनले बताए ।
वृद्ध खुना जेठ १६ गते घरबाट हराएपछि आफन्तले खोजीका लागि इलाका प्रहरी कार्यालय कृष्णपुरमा निवेदन दिएका थिए । प्रहरीले वृद्धको खोजी गर्दासमेत फेला पार्न सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।