एन बी ए युकेद्धारा कानुनी परामर्श सम्पन्न

१ जेष्ठ २०६९, सोमबार १८:३९ मा प्रकाशित

धर्मराज अधिकारी, बेलायत । नेपलीज बिजनेस एशोसियसन युकेले बेलायतमा विभिन्न व्यवसाय गरेका नेपाली व्यवसायीहरुबीच कानुनी जटिलताका बारेमा अन्र्तक्रिया गरेको छ । आइतबार इल्थामस्थित याक एण्ड यतीमा सम्पन्न अन्तक्रिर्यामा सहभागि व्यवसायीहरुले व्यवसायी र कामदारबीचको सम्बन्ध तथा कानुनी अड्चनका बारेमा परामर्श गरेका थिए ।
एन बी ए युकेका अध्यक्ष नरेन्द्र कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै कानुनविद् दिपक भट्टराईले व्यवसायीहरुले टीयर टु अन्र्तगत कर्मचारी ल्याउंदा अपनाउनुपर्ने साबधानीहरुका बारेमा जानकारी गराए । उनले पुरा समय काम गर्न पाउने मान्यताअनुरुप कर्मचारी ल्याउंदा उनीहरुले प्राप्त गर्ने आय, पांचबर्षपछि सेटल्मेण्टको सन्दर्भ तथा स्पोन्सरको कोटाका बारेमा पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष नरेन्द्र कंडेलले विभिन्न व्यवसायमा संलग्न नेपालीहरुलाई उनीहरुको व्यवसायमा आइपर्न सक्ने कानुनी अड्चनका बारेमा जनाकारी गराउन कार्यक्रम आयोजना गरीएको बताए । कार्यक्रम व्यवसायमा सक्रिय नेपालीहरुलाई कानुनी कुराहरुको जानकारी गराउन महत्वपुर्ण भएको उनले जिकिर गरे । व्यवसायीले कर्मचारीका कारण भोग्नुपर्ने समस्या तथा क्षतिपुर्ती लगायतका विषयमा सहभागिहरुले विशेष चासो लिएका थिए । कर्मचारीहरुको होलिडे, विभिन्न भिषामा रहेका कर्मचारी राख्दा पुरा गर्नुपर्ने नियम लगायतका बारेमा व्यवसायीहरुले कानुनी परामर्श गरे ।
यसैबीच एन बी ए युकेलेे व्यवसायीहरुलाई लक्षित गरी आगामी जुनमा वाइन सम्बन्धि वर्कसप गर्ने बताएको छ ।
व्यारीष्टर आन्गुस ग्लगले व्यवसायीले कर्मचारीहरुलाई कामबाट निष्कासन गरेको अवस्थामा आइपर्नसक्ने कानुनी समस्याकाबारेमा जानकारी गराएका थिए ।
सो अवसरमा एन आर एन युकेका आइसीसी सदस्य एवं व्यवसायी राजेन कंडेल, एन बी ए युकेका सल्लाहकार बालजंग अर्याल, होम शर्मा, सदस्य दासुराम पाण्डे, इन्दिरा कंडेल, नेसाका अध्यक्ष केश बहादुर गुरुङ लगायत बेलायतका विभिन्न स्थानबाट दुई दर्जनबढि नेपाली व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष