दुतावासको एक बर्ष उपलब्धिमुलकः राजदुत डा. चालीसे

१ जेष्ठ २०६९, सोमबार १८:३८ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन । बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेले गएको एक बर्षमा नेपाल- बेलायत सम्बन्ध उपलब्धि मुलक रहेको बताएका छन । सन् २०११ र १२ मा दुतावासले आर्थिक कुटनीतिक, बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण, नेपाली समुदायको शशक्तिकरण, नेपालको पर्यटन विकास लगायमा विशेष भुमिका निर्वाह गरेको बताए ।
आफुले केहि आलोचना खेपेपनि आफ्नो उदेश्य नेपाली र बेलायतीबीचको सम्बन्धलाई बलियो र प्रगाढ बनाउनु रहेको राजदुतले स्पष्ट पारे । राजदुत आउने भएपछि मेयर र मेम्बर अफ पार्लीयामेण्ट पनि खुशीकासाथ नेपालीहरुले बोलाएको कार्यक्रममा आउने गरेकोले नेपाली समुदायले बोलाउने धेरै कार्यक्रममा दुतावास सहभागि हुने गरेको उनले बताए ।
सन् २०१५ सम्ममा बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेमा आफु विश्वस्त रहेको बताउंदै चालीसेले नेपाल बेलायत सम्बन्धको २०० बर्ष उपलब्धि मुलक हुन सक्ने औंल्याए । बेलायतबाट पहिलो पटक युकेटीआइको नेतृत्वका १३ वटा मफौला तथा ठुला कम्पनीको नेपाल भ्रमण गराउन आफु सफल रहेको उनले बताए । दुतावास आर्थिक पारदर्शीताको हिसाबमा अत्यान्तै सबल रहेको बताउंदै उनले कस्लुलरबाट दुतावासले संकलन गरेको रेभेन्यु पारदर्शी रुपमा प्रश्तुत गरेका थिए ।
सन् २०११ रु १२ मा नेपालको पर्यटन विकास, ट्रेड एण्ड कमर्श मिसन, नेपाली समुदायको सशक्तीकरण, नेपाल बेलायतको द्धिपक्षिय सम्बन्ध लगायतका विषयमा दुतावासले धेरै उपलब्धि हासील गरेको राजदुतले बताए ।
दुतावासकी कार्यालय सचिव प्रतिक्षा गुरुङ सञ्चालन गरेको कार्यक्रममा प्रशासनीक काउन्सीलर सुर्य थापाले स्वागत गरेका थिए ।
सो अवसरमा सहभागिहरुले राजदुत चालीसेसंग विभिन्न जिज्ञासाहरु राखेका थिए । जिज्ञासा मेटाउंदै राजदुत चालीसेले दुतावासमा एन आर एनको हेल्प डेक्स राख्ने सम्बन्धमा अनभिज्ञता प्रकट गरे । उनले आफुले एन आर एन बाट आधिकारीक पत्र नपाएको बताएका थिए भने एन आर एन श्रोतले पत्र दिइसकेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र