चार सय गाईको बीमा, किसान आकर्षित

२३ जेष्ठ २०७१, शुक्रबार १७:०३ मा प्रकाशित

इलाम, २३ जेठ । आफूले पालेका गाईको बीमा हुन थालेपछि इलामको उत्तरी सुलुबुङमा किसान गाईपालनतर्फ आकर्षित भएका छन् । बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था सुलुबुङले गाईको बीमा गरिदिन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
संस्थामा आबद्ध ४०० किसानका एक हजार ३०० उन्नत जातका गाईमध्ये ४०० गाईको बीमा गरिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद रिजालले बताए ।
संस्थाको बिमा कोषमा ११ लाख सञ्चित छ । बीमित गाईको मृत्यु भने बीमा रकम उपलब्ध गराइने छ । बीमा गरेको पहिलो वर्ष नै गाईको ६० प्रतिशत, दोस्रो वर्षमा ७० प्रतिशत र तेस्रो वर्षमा ८० प्रतिशत बीमा रकम दिइन्छ ।
एउटा गाई बराबर ५० हजार मूल्याङ्कन गरी त्यसको १० प्रतिशतमध्ये ५० प्रतिशत सम्बन्धित गाईपालकले र बाँकी बीमा कोष समितिले व्यहोरेर बिमा गर्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार