“अश्लीलता” रोक्ने बोर्डको तयारी

१ जेष्ठ २०६९, सोमबार १७:५४ मा प्रकाशित

काठमाडौं : चलचित्र लुट र चपली हाइटको सफलतासँगै नेपालमा ‘अश्लील’ चलचित्रको निर्माणक्रम ह्वात्तै बढेकामा नेपाल चलचित्र विकास बोर्ड यसलाई नियन्त्रण गर्ने मनसायमा पुगेको छ । पछिल्लोचोटि दर्जनौं चलचित्र भरमार यौनदृश्य र छाडा संवादमा केन्द्रित हुँदै निर्माण हुन थालेपछि बोर्ड चनाखो हुन थालेको हो ।
‘चलचित्रको बजार नबुझी निर्माणमा हात हाल्ने र अश्लील चलचित्र निर्माण गर्ने प्रवृत्ति बढेकाले अब निर्माण अनुमति दिँदा नै कडाइ गरिने बोर्ड अध्यक्ष गणेश भण्डारीले जानकारी गराए । उनले भने– ‘चलचित्र दर्ताका लागि बोर्डमा आउने निर्माता–निर्देशकलाई पहिले परामर्श र गोप्य अध्ययनपछि मात्र अनुमति दिने व्यवस्था मिलाएका छाँैं ।’
उनका अनुसार यो व्यवस्थाले अश्लील सिनेमालाई निरुत्साहन तथा ‘सही’ चलचित्र निर्माण गर्ने अनुभवी निर्माता–निर्देशकलाई उत्साहित गर्नेछ । यो नियन्त्रणले सिनेमाको माग र निर्माणक्रममा पनि सन्तुलन ल्याउने विश्वास बोर्डले गरेको छ । बोर्डले अनुमति लिने क्रममा प्रस्तुत गरिने स्क्रिप्टअनुसार काम भए/नभएका बारे अनुगमनका लागि छुट्टै टोलीसमेत गठन गरिएको जानकारी गरायो । तर, उक्त टोलीमा को–को छन् भन्नेबारे भने बोर्डले गोप्य नै राखेको छ । बोर्डले ‘सामाजिक मर्यादाबाहिर रहेर निर्माण गरिएको चलचित्रलाई अश्लीलता’ को दायराभित्र राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको