मृगौला रोग उपचारका लागि सहयोगको माग

२३ जेष्ठ २०७१, शुक्रबार १५:२८ मा प्रकाशित

काठमाडौं, २३ जेठ । सरकारले नयाँ तथा पुराना मृगौला रोगीहरुको डायलाइसिस निःशुल्क गर्नुपर्ने माग गरेका छन् । उनीहरुले माग पुरा नभए सरकारबिरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय मृगौला पीडित संघ नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर मृगौला रोगीहरुको उपचारका लागि सरकारले बेवास्ता गरेको आरोप लगाएको हो । आफ्ना मागहरु पूरा नगरे सबै मृगौला रोगीहरुले स्वास्थ्य मन्त्रालय अगाडि आत्मदाह गर्ने संघको चेतावनी छ ।
संघका अध्यक्ष चिन्तामणि पोखरेलले मृगौला रोगीहरुको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाले उपचार पनि गर्न सक्ने अवस्था नरहेको बताए । उनले सरकारले मृगौला रोगीहरुको उपचारका लागि बेवास्ता गर्दै आएको गुनासो गरे ।
माग पुरा गराउन दबाव दिने उदेश्यले संघले आगामी जेठ २५ गते आइतबार रत्नपार्कमा विहान १० देखि ११ बजेसम्म चक्काजाम तथा धर्नाको कार्यक्रम राखेको छ । उसले जेठ २६ गते पनि १० बजेदेखि १२ बजेसम्म घण्टाघरमा चक्काजाम तथा धर्ना, जेठ २७ गते विहान देखि माग पुरा नहुन्जेलसम्म रत्नपार्कको शान्तिवाटिकामा रिले अनशनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य