बुद्धिचाल अध्यक्ष जोशीलाई एसियन चेस एक्सिलेन्स अवार्ड

२३ जेष्ठ २०७१, शुक्रबार १२:४० मा प्रकाशित

काठमाडौं, २३ जेठ । चेस खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै एसियन चेस महासंघले नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीलाई सम्मान गर्ने भएको छ । आगामी २५ जुनमा युएईको अल आइनमा आयोजना हुने विशेष समारोहमा जोशीलाई एक्सिलेन्स अवार्ड प्रदान गरिने भएको नेपाल बुद्धिचाल संघले जनाएको छ ।
सो अवसरमा एसियाली स्तरमा चेस खेलको विकासमा भूमिका निर्वाह गर्ने अन्य अधिकारीहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
विश्व चेसको सर्वोच्च संस्था फिडेका कार्यकारी सदस्य समेत रहेका जोशीको पहलमा नेपालमा ग्राण्ड मास्टर्स चेस प्रतियोतिगा पनि संचालन भइसकेको छ । उनकै कार्यकालमा नेपालमा चेस इन स्कुल प्रोजेक्ट पनि सुरु भएको छ । सो प्रोजेक्ट संचालन गर्न केही साता पहिले फिडेका उपाध्यक्ष तथा चेस इन स्कुल कार्यक्रमका प्रमुख अलि निहात याजेई पनि नेपाल आएका थिए । केही महिना पहिले फिडे ट्रेनर्स सेमिनार संचालन गर्नका लागी फिडेका सिईओ जियोफ्रे बोर्ग पनि नेपाल आएका थिए । दुवैले नेपालमा चेस खेलको विकासमा जोशीले पु¥याएको योगदानको चर्चा समेत गरेका थिए । सो पुरस्कार लिन आगामी जुन २४ तारिख जोशी त्यसतर्फ जाने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो