अभिनेत्री नम्रता बहिराको चित्रमा दङ्ग

२३ जेष्ठ २०७१, शुक्रबार ०९:१४ मा प्रकाशित

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ बिहीबार दिनभर बहिरा युवाहरुका बीच रहिन् । विश्व वातावरण दिवसका अवसरमा चिया गफ टिमले बहिरा युवाहरूबीच आयोजना गरेको ‘पानी रंग चित्रकला प्रतियोगिता’मा उनी ब्यस्त रहेकी हन् । बालमन्दिरस्थित केन्द्रीय बहिरा उच्च माध्यमिक स्कुलद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट हुने रोशनकुमार श्रेष्ठलाई अभिनेत्री नम्रताले पुरस्कार प्रदान गरिन् । कार्यक्रममा नाम्गेल डोमा शेर्पा दोस्रो र लाक्पाडोल्मा शेर्पा तेस्रो भए ।
‘बहिरा र अपांग युवाहरूसँग विश्व वातावरण दिवसमा केहीबेर रमाइलो गर्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘उनीहरूले तयार गरेको चित्रकलाबाट प्रभावित भएकी छु । यस्ता प्रतियोगिताले उहाँहरूलाई अवसर मिल्छ ।’ प्रतियोगितामा १९ युवाहरूले सहभागिता जनाएका थिए ।
‘विश्व संरणका लागि चित्रकला, स्वस्थ पृथ्वी हाम्रो अधिकार’ थिममा प्रतियोगीहरूले चित्र तयार गरेका थिए ।
गायिका शशि रावलले प्रतियोगीहरुलाई चित्र तयार गर्न सहयोग गरेकी थिइन् ।
केन्द्रीय बहिरा उच्च माध्यमिक स्कुलकी प्राध्यापिका मीना शाहले सरकारले व्यवस्थित गराउँन नसक्दा बहिरा र अपांग युवाहरूलाई अवसर दिन नसकिरहेको गुनासो गरिन् ।
चिया गफकी जयन्ती ज्ञवालीले बहिरा र अपांग युवाहरूको चित्रकला तयार गर्ने प्रतिभा प्रस्तुत गर्न ठाउँदिन प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बई । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने भएकी छिन् । श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र