अखण्ड सुदुरपश्चिम आन्दोलन तत्काल फिर्ता नभए प्रतिकारमा उत्रने चेतावनी

१ जेष्ठ २०६९, सोमबार १७:४४ मा प्रकाशित

काठमाडौ, १ जेठ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी सेती–महाकाली राज्य समितिका सदस्य र सभासदहरुले अखण्ड सुदूरपश्चिम आन्दोलन जातीयतावादी, क्षेत्रीयतावादी अहङ्कारवादीको पक्षमा भएको भन्दै जारी आन्दोलन तत्काल फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले अखण्ड सुदुरपश्चिम आन्दोलनले सामन्तवादी, पूँजीपति, साम्राज्यवादी र विस्तारवादको हित गर्न खोजेको आरोप लगाउँदै तत्कालै आन्दोलन फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी दिएका हुन् । आज रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सेती–महाकाली राज्य समितिले सदियौंदेखि वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनमा परेका जनताको न्यायगर्ने सङ्घीय राज्यहरुको स्थापना गर्ने पार्टीको स्पष्ट नीतिको विरुद्ध जातीवाद, अतिवाद, उत्तरआधुनिकवादी र विखण्डनवादको गन्ध आएको भन्दै १८ दिनदेखिको सुदूरपश्चिम बन्द तत्काल फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा सेती–महाकाली राज्य समितिका इन्चार्ज तथा एमाओवादीका पोलिटव्युरो सदस्य धर्मेन्द्र बास्तोलाले १८ दिनदेखिको सुदूरपश्चिम बन्द सङ्घीयता विरोधी भएको आफूहरूको ठहर रहेको बताउनुभयो ।
उहाँले सेती–महाकालीका सात वटा जिल्ला जोडेर प्रदेशको निर्माण गर्नुपर्ने, त्यसको राजधानी दिपायल हुनुपर्ने जिकिर गर्दै कैलाली कञ्चनपुर थरुहट राज्य हुनुपर्ने बताउनुभयो । सेती–महाकाली राज्य समितिका सेक्रेटरी खगराज भट्टले सेती महाकाली बन्दमा लाग्ने केही ठूला नेताहरु सङ्घीयता विरोधी भएकोले उनीहरूका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो