स्वास्थ्यमा सूचनाबिनै १३ सय करार भर्ती

२३ जेष्ठ २०७१, शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाडौं, २३ जेठ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै ननिकाली आन्तरिक निर्णयको भरमा एकैचोटि एक हजारभन्दा बढीलाई स्वास्थ्य सेवाका विभिन्न पदमा करार नियुक्ति दिएको छ।

सरकारी नियुक्तिको सर्वमान्य सिद्धान्तकै धज्जी उडाउँदै स्वास्थ्यमन्त्री खगराज अधिकारी र सचिव डा.प्रवीण मिश्रको एकल निर्णयको भरमा १ हजार ३ सय ४७ जनालाई करार नियुक्ति गरिएको हो। घर बनाउन मजदुर लिएजस्तो बिनासूचना र बिनाप्रतिस्पर्धा सरकारी नियुक्ति दिइएको भनी मन्त्रालयभित्रै आलोचना भइरहेको छ।

नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक, प्राविधिक लगायत पदमा आफ्ना ुराजनीतिक कार्यकर्ताु भर्ती गर्न गुपचुप करार नियुक्ति गरिएको मन्त्रालयकै अधिकारी बताउँछन्। स्रोतका अनुसार जेठ १८ गते स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकबाट पचहत्तरै जिल्लाका लागि करार नियुक्ति गर्ने निर्णय भएको थियो।

त्यसै आधारमा आफ्ना मान्छे लाई धमाधम निवेदन दर्ता गर्न लगाइयो। एकैजनाले दर्जनौं निवेदन बुझाए। त्यही निवेदन भरमा बिहीबार १ हजार ३ सय ४७ जनालाई करारपत्र थमाइएको हो। केही दिनअघि यसैगरी १ सय ६० जनाको करार नियुक्ति भएको थियो।

मन्त्रालयमा बिहीबार दिनभरि करारपत्र बुझ्न आउनेको भिड थियो। भुइँतलामा रहेको प्रशासन महाशाखाको टेबुलभरि नियुक्तिपत्रको खात देखिन्थ्यो। आएका व्यक्तिका हातमा नियुक्तिपत्र थमाउन महाशाखाका कर्मचारीलाई भ्याइनभ्याइ थियो। केहीलाई प्रिन्टरमा टोनर सकिएको छ भनी फिर्तासमेत पठाइयो। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै