सेनाले भारतसँग गोलाबारुद माग्ने

२३ जेष्ठ २०७१, शुक्रबार ०७:५३ मा प्रकाशित

काठमाडौं, २३ जेठ । नेपाली सेनाले भारतसँग विभिन्न तालिममा चाहिने गोला–बारुद, हतियार र बिस्फोटक पदार्थ माग्ने भएको छ। काठमाडौंमा आइतबार सुरु हुने नेपाल–भारत द्विपक्षीय सुरक्षा सुझाव समितिको बैठकमा भारतसँगसैन्य सामग्री माग्न लागिएको हो।

दुई दिनसम्म चल्ने सुरक्षा बैठकमा सैन्यसामग्रीका अलावा नेपाल–भारतबीच द्विपक्षीय सुरक्षा सरोकार, तालिम तथा सूचना आदानप्रदानका विषयमा समेत छलफल हुने नेपाली सेनाले जनाएको छ। सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले नेपाल–भारत सुरक्षा बैठकमा नेपाली सेनालाई आवश्यक पर्ने तालिमका विषयमा पनि भारतीय पक्षसँग छलफल हुने जानकारी दिए।

नेपाल–भारत सुरक्षा बैठक प्रत्येक वर्ष नेपाल र भारतमा पालैपालो हुँदै आएको छ। सन् २०१३ मा भारतको बैंगलोरमा सुरक्षा बैठक भएको थियो। यसपटक काठमाडौंमा हुने सुरक्षा बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरको नेतृत्वमा १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डल शानिबार आइपुग्दैछ।

बैठकमा १५ सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नेछन्। बैठकमा अघिल्ला बैठकमा भएका निर्णय र तिनको कार्यान्वयन तथा प्रगतिको समीक्षासमेत गरिनेछ। आगामी वर्षको कार्य विवरणमाथि पनि बैठकमा छलफल हुने प्रवक्ता पोखरेलले जानकारी दिए । बैठकमा एकअर्कालाई सैन्य तालिमको प्रस्तावसमेत गरिनेछ,’ उनले भने।

२००६ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विदेशबाट सैन्यसामग्री ल्याउन प्रतिबन्ध लगाइएको थियो। गत वर्ष मात्र सरकारले सेनालाई सैन्यसामग्री खरिद गर्ने अनुमति दिएको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च