वादी बालबालिका भर्ना हुन्छन् तर विद्यालय जाँदैनन्

२२ जेष्ठ २०७१, बिहीबार १७:२४ मा प्रकाशित

जाजरकोट, २२ जेठ । जाजरकोट खगेनकोट–१ दल्लीस्थित नलसिंहगाड खोलामा बस्दै १२ वर्षीय नरे वादी स्थानीय त्रिभुवन प्राथमिक विद्यालयको ४ कक्षामा नाम लेखाएका छन् तर उनी विद्यालय जाँदैनन् ।

उनी विद्यालय समयमा खोलामा माछा मार्न व्यस्त हुन्छन् । उनका बुबा पनि माछा मारेरै परिवारको गुजरा चलाउँदै आएका छन् । बुबाको सिको गर्दै उनी पनि स्थानीय नलगाड खोलामा पासा हालेर माछा मार्न दिनभर व्यस्त हुन्छन् ।

४ कक्षामा पढ्ने उनी आफ्नो नामसमेत लेख्न जाँदैनन् तर विद्यालय नगए पनि, नपढे पनि उद्धार कक्षान्नोतिका कारण उनी उत्तीर्ण भने भइरहेका छन् । उनको नाममा आएको दलित छात्रवृत्तिसमेत नियमित पाइरहेका छन् ।

उनी मात्र होइन नलसिंहगाड खोलामा बस्दै आएका १९ घर वादी परिवारका ६० जना भन्दा बालबालिकाको अवस्था नरेको जस्तै हो । उनीहरुलाई अभिभावकले भर्ना गरिदिन्छन् । बढ्न जानका लागि आग्रह गर्छन् । कापी, कलम र डे«सको जोहो पनि गरिदिन्छन् तर विद्यालय जान मान्दै मान्दैनन् स्थानीय डिले वादीले भने, ‘आफ्नो समुदायमा पढेलेखेको कोही नभएका कारण बालबालिकाले पढ्ने मनै गर्दैनन् ।’

उनीहरुको घरनजिकै कालीमाटी बजार छ । माछा मार्ने बित्तिकै बजारमा लिएर ३०० रुपैयाँ किलो बिक्री गर्छौं । मन लागेको कुरा किनेर खान्छाँै, बचेपछि आमाबुबालाई दिन्छौँ ११ वर्षीय हीरा वादीले दुःख गरेर पढे पनि जागिर पाइँदैन, आखिर माछा मार्नैपर्ने हो ।

वादी समुदायका एकजना पनि एसएलसीसम्म पुग्नै सकेका छैनन् । विद्यालय पठाउँछौँ तर ५ कक्षा नपुग्दै बीचैमा छोड्छन् पढनै मान्दैनन् स्थानीय अभिभावक गङ्गा वादीले भनिन्–“पढ्नुभन्दा माछा मारेर पैसा कमाउने रहर मान्छन् केटाकेटीले । पढ्न पठाए पनि विद्यालयबाटै भागेर आइहाल्छन् ।”

आफ्ना छोराछोरी पढाउने ठूलो रहर छ तर पढाउनै सकिँदैन के गर्ने हजुर गङ्गाले भनिन् । न बाबाले पढे न बाजेले पढे यी केटाकेटीले त पढ्लान् भनेको पढ्नै मान्दैनन् । पुरुष जतिलाई बेलुका भयो कि जाँड खान ठिक्क हुन्छन् नपढे छोराछोरीको भविष्य के हुने हो कसैलाई मतलब छैन ।

जति प्रयास गर्दा पनि विद्यालयमा टिकाइराख्न नसकिएको, पढ्नुपर्छ पढेर ठूलो मान्छे भइन्छ भनेर बालबालिका र अभिभावक दुवैलाई सम्झाउँदा पनि केही सीप नलागेको स्थानीय शिक्षक लक्ष्मण सिंहको भनाइ छ ।

गरिबीका कारण अत्यन्तै पछि परेको अल्पसङ्ख्यक वादी समुदायका बालबालिकालाई विद्यालयको पहुँचसम्म पु¥याउन सरकारले विशेष कार्यक्रम अघि सारे पनि ती बालबालिकालाई त्यो कार्यक्रमले छुन सकेको छैन ।

सरकारले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भित्र्याउने लक्ष्यका साथ गत २ वैशाखदेखि थालेको भर्ना अभियान ती बालबालिकासम्म पुग्न नसकेको हो । जिल्लामा विद्यालय उमेरका करिब आठ हजार बालबालिका विद्यालयबाहिरै रहेका छन् ।

विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु-याउने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताउनुभयो । नलसिंहगाड खोलामा बस्दै आएका वादी बालबालिकालाई पढ्ने बनाउन जनचेतनाको विशेष कार्यक्रम सञ्चालन गर्नुुपर्ने जिशिअ थापाको भनाइ छ ।

जिल्लाका ढिमे, खलङ्गा, भुर, जगतिपुरलगायतका गाविसबाट माछा मार्नकै लागि उनीहरु यस ठाउँमा बसाइँ सरेका हुन् । माछा बिक्रीबाट आएको पैसाले दाल, चामल, नुन, तेलको जोहो गर्छौं स्थानीय डिले वादीले भने–“हाम्रो जग्गा जमिन छैन त्यसैले माछा मारेर गुजारा चलाउँदै आएका छौँ । माछा मार्न नसकेको दिन भोकै सुत्नुपर्छ के गर्ने हजुर कसरी केटाकेटी पढाउनु उनले दुःख प्रकट गर्दै भने पढ्नै मान्दैनन् ।”

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया