सामुदायिक वन उपभोक्ता महासङ्घमा कार्की

२२ जेष्ठ २०७१, बिहीबार १७:१८ मा प्रकाशित

काठमाडौं, २२ जेठ । सामुदायिक वन उपभोक्ता महासङ्घको पाँचाँै राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

महासङ्घको जेठ १८ गतेदेखि राजधानीमा सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा भीमप्रकाश खड्का, महासचिवमा भारती पाठक, सचिवमा बिर्ख शाही र कोषाध्यक्षमा मञ्जु मलासी निर्वाचित भएका छन् ।

७७ सदस्यीय कार्यसमिति सदस्यमा ठाकुर भण्डारी, बलबहादुर राई, मीरा केरु, पार्वती विक, पवित्रा राउटे, वनमाया चेपाङ, शिद आङ्ला, आङ्निमा शेर्पा, सोनाम लामा, हेममाया मोक्तानलगायत रहेका छन् ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष कार्कीले आफूले वनको दिगो व्यवस्थापन गरी वनमा आधारित उद्यमको विकास गर्दै स्वाधीन वनसम्बन्धी रोजगारी सिर्जना गर्न सामुदायिक वन अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चार दिनसम्म चलेको उक्त महाधिवेशनमा देशभरीबाट ६१० प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार जनाको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ