
काठमाडौं, २२ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली एवम् झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल विद्युत् प्राधिकरणमा नियुक्ति लिएको अभियोगमा राजकुमार सिन्हाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गराएको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्राधिकरणको वरिष्ठ सहायकमा कार्यरत सिन्हाले सुरु नियुक्ति प्रयोजनका लागि भारतको विहारबाट ल्याइएको नक्कली प्रमाण पत्र पेस गरेका थिए ।
विहार इन्टरमिडियट शिक्षा परिषद, भारतबाट सन् १९८८ मा आइएस्सी पास गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आरोपपत्र दर्ता गरिएको सापकोटाले बताए ।
सिन्हाविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हुँदैसम्मको दण्ड सजायको माग दाबी गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी
कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ
काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा