अखण्डसुदूरुपश्चिमका विषयमा जनमतबाट निर्णय लिने शीर्षनेताको प्रतिवद्धता

१ जेष्ठ २०६९, सोमबार १७:४२ मा प्रकाशित

काठमाडौ, १ जेठ । प्रमुख तीन दलका शीर्षनेताले अखण्ड सुदूरपश्चिमको मागबारे कैलाली र कञ्चनपुर जिल्लामा जनमत संकलन गर्ने प्रतिबद्धता जनाएका छन । अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन समितिसँग आज भएको वार्तापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले संयुक्त विज्ञप्ती निकाली आवश्यक परे जनमत संकलन गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरिएको छ । राज्य पुनर्संरचनाको सम्बन्धमा कैलाली र कन्चनपुर समेत सवै नौ जिल्ला एकै प्रदेशमा रहनुपर्ने मागका सम्बन्धमा आवश्यक परे कैलाली र कन्चनपुरमा जनमत संकलन गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्दछौं विज्ञप्तीमा भनिएको छ विज्ञप्तीमा कैलाली र कञ्चनपुरका थारु समुदायका अधिकार पनि सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । अखण्ड सुदूरुपश्चिमको माग गर्दै १८ दिनदेखि जारी बन्दले सुदूपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय