पूर्वी चीनमा पाँच गाउँलेको हत्या

२२ जेष्ठ २०७१, बिहीबार १६:१० मा प्रकाशित

– सिन्ह्वा

नान्चाङ्ग, २२ जेठ । पूर्वी चीनको जिआङ्गसी प्रान्तमा सोमबार भएको पाँच गाउँलेको हत्याको आरोपमा बुधबार राती एक संदिग्ध व्यक्ति पक्राउ परेका छन् ।

उक्त जानकारी स्थानीय प्रहरीले बिहीबार दिएका छन् । गन्जोउ सहरको हुइचाङ्ग जिल्लाको सिआओजु गाउँमा एक छ वर्षीया बालकसहित पाँच व्यक्तिको स्थानीय समयानुसार सोमबार ४ बजे अपराह्नमा हत्या भएको स्थानीय अधिकारीहरुले जनाएका थिए ।

प्रहरीले सुरु गरेको अनुसन्धानमा हत्या गर्ने शङ्कास्पद व्यक्ति सो घटनामा ज्यान गुमाउनेका छिमेकी नै भएको बताइएको छ ।

सम्पत्तिको विवादबाट सुरु भएको झगडामा हत्या गरिएको प्रहरीले अनुमान गरेका छन् ।

यस घटनाको विस्तृत विवरण भने प्रष्ट नभएको र अनुसन्धानरत नै रहेको प्रहरीले जानकारी दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त