संघीयताकै कारण नयाँ संविधान बन्न सकेन : देउवा

२२ जेष्ठ २०७१, बिहीबार १७:०१ मा प्रकाशित

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता एवं सभासद् शेरबहादुर देउवाले संघीयताका कारण अघिल्लो पटक नयाँ संविधान बन्न नसकेको बताएका छन् ।

बानेश्वरमा आज बसेको संविधानसभा बैठकमा बोल्दै नेता देउवाले संघीयता बनाउन बिवेक पूर्ण तरिका जानु पर्ने बताए । ‘अघिल्लो पटक संविधान बन्न नसक्नाका कारण सङ्घीयता नै हो,’ उनले भने, ‘संविधानसभाको निर्वाचनमा जनताका सामु गरेको कबुलबमोजिम बहुपहिचानमा आधारित प्रदेश निर्माण गर्नुपर्छ ।’

आफूले आफैँलाई असफल बनाउने तवरले प्रदेश निर्माण गर्न नहुने उनको भनाइ छ । ‘पछाडि परेका आदिवासी जनजाति, कर्णालीका जनतालाई सेवा प्रदान गर्न सङ्घीय प्रणालीको विकास गर्नुपर्छ’ नेता देउवाले भने, ‘थोरैभन्दा थोरै प्रदेश बनाउनु उपयुक्त हुन्छ ।’

नेकपा (एमाले) का सभासद् युवराज ज्ञवालीले कुनै पनि मुलुकको अन्ध नक्कल गर्नेभन्दा पनि आफ्नै विशिष्टतामा सबैले अपनत्व गर्ने गरी सङ्घीय प्रणाली स्थापना गर्नुपर्ने बताए । उनले बहुपहिचानमा आधारित सात प्रदेश नै बढी वैज्ञानिक रहने दाबी गरे ।

एमाओवादीका सभासद् हरिबोल गजुरेलले आन्तरिक राष्ट्रिय एकतालाई सबल बनाउनका लागि सङ्घीयता आवश्यक रहेको बताए । उनले राज्य पुनःसंरचाना आयोगको प्रतिवेदनलाई बहिस्कार गर्न नसकिने पनि बताए ।

सभासद् डा.शिवजी यादवले सङ्घीयताका विषयमा ठूला दलले दम्भ देखाएको आरोप लगाए । उनले सङ्घीयता विभिन्न आन्दोलनको देन भएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका