अग्नी एयरको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यू

१ जेष्ठ २०६९, सोमबार १७:३४ मा प्रकाशित

काठमाडौ, १ जेठ । पोखराबाट मुस्ताङको जोमसोमकोलागी उडेको अग्नी एयरको नाईन एन एआईजी नम्बरको डोनियर जाहाज आज दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परि चालक दलका सहित १५ जनाको मृत्यू भएको बताईएको छ । सबैको शब प्राप्त भईसकेको छ । ६ जनाको भने जीवीतै उद्दार गरिएको छ । दुई जना भने आफै जहाजबाट बाहिर निस्किन सफल भएका थिए । जहाजबाट १० जनाको जीवितै उद्दार भए पनि ४ जनाको उपचारको क्रममा मृत्यू भएको थियो ।
दुर्घटनाग्रस्त जाहाजमा चालक दलका ३ जना र १८ यात्रु सवार थिए । चालक दलका पाईलट पीएस पाठक र सहपाईलट ससएसडी महर्जनको भने मृत्यू भएको पुष्टि भएको छ । परिचारिका आर सैजुको जीवितै उद्दार गरिएको थियो ।  विमान जोमसोम एयरपोर्टमा अवतरण गर्ने क्रममा घुमाउने क्रममा नजिकैको डाडाको भित्तामा गएर विहान १० बजे तीर ठोक्किएको थियो ।
दुर्घटनाग्रस्त विमानमा १६ जना मुक्तीनाथको दर्शन गर्न गएका भारतीय तिर्थ यात्रीहरु थिए । भने दुई जना डेनिस नागरिक थिए । घाईतेलाई तारा एयरको विमानबाट पोखरा ल्याईएको छ ।
घटनाप्रति प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली काग्रेस, एमाले र भारतीय विदेशमन्त्री दुख ब्यक्त गर्दै श्रद्धान्जली ब्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार