उपसमिति १० मिनेट बस्यो, संबैधानिक समिति अनिश्चितकालकोलागी स्थगित

१ जेष्ठ २०६९, सोमबार १७:३२ मा प्रकाशित

काठमाडौ, १ जेठ । संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको संबैधानिक समितिको बैठक अन्तिम समयमा आएर अनिश्चितकालकोलागी स्थगित गरिएको छ । संविधानसभामा मतदान गर्ने गरी ३० वटा विवादित विषयको प्रश्नावली तयार पार्ने जिम्मा पाएको विवाद समाधान उपसमितिको बैठक कुनै सहमति नगरी मात्र १० मिनेट बसेर स्थगित भएपछि समितिको बैठक स्थगित भएको हो । बैठकमा विवादित विषयको प्रश्नावली लाई अन्तिम रुपमा दिने विषयमा कुनै सहमति बन्न सकेन ।
आजको उपसमितिको बैठकले प्रश्नावलीले तयार पारे आजै ११ बजेकालागी बोलाईएको संबैधानिक समितिको बैठकले अन्तिम रुप दिने बताईएपनि उपसमितिमै सहमति बन्न नसकेपछि संबैधानिक समितिको बैठक पनि स्थगित गरिएको छ । जसका कारणले आज बस्ने भनिएको संविधानसभाको बैठक पनि प्रभावित हुने सम्भावन बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।