मकवानपुरमा जनता आवासको कार्यक्रम अझै पुरा भएन

१ जेष्ठ २०६९, सोमबार ०९:२६ मा प्रकाशित

मकवानपुर, १ जेठ । जनता आवास कार्यक्रम अन्तर्गत नेपाल सरकारले मकवानपुरका विपन्न चेपाङ समुदायमा निर्माण सुरु गरेको एक सय ९९ वटा घरमध्ये १६ वटा मात्र पूर्ण रुपमा निर्माण भएको छ । जिल्लाकाको हाँडीखोला, मनहरी, राक्सिराङ, काँकडा र सरिखेत गाविसमा आर्थिक वर्ष २०६८÷०६९ का  लागि १ सय ९९ वटा घर निर्माण थालनी गरिएको थियो । तर, आर्थिक वर्ष समाप्त भइसक्नै लाग्दा समेत घरहरु पूर्ण रुपमा निर्माण सम्पन्न हुन सकेको छैन भने निर्माण भएका घरहरु समेत हस्तान्तरण हुन सकेको छैन । जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने निकाय भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका अनुसार हालसम्म मनहरीमा ३ वटा, सरिखेतमा ५ वटा, राक्सिराङमा ८ वटा मात्र घरहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ । निर्माण कार्य सम्पन्न भइसकेपनि केही घरका लाभग्राहीले बील भरपाई अझै कार्यालयमा नबुझाएकाले निर्माण सम्पन्न भएका घरहरुको संख्या कमी देखिएको इन्जिनियर प्रविण टण्डनले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड