बुटवलमा आधाले घरवहाल कर नबुझाएको नगरपालिकाको भनाई

१ जेष्ठ २०६९, सोमबार ०९:२५ मा प्रकाशित

बुटवल, १ जेठ । बुटवलमा अझै पनि ५० प्रतिशतले घर बहाल कर नबुझाउने गरेको बुटवल नगरपालिकाले जनाएको छ । नगरपालिकाका राजस्व शाखा अधिकृत विजयदेव भुर्तेलका अनुसार बहाल कर बुझाउनुपर्छ भन्ने सोचाई घरधनीहरुमा नहुदा समस्या भएको हो । नगरपालिकाले जनाए अनुसार बुटवलमा झन्डै २५ हजार घरधुरीहरु छन् । नगरपाकिाले स्थनिय स्वायत्त शासन ऐन २०५५ अनुसार २ प्रतिशत बहाल कर उठाउने गरेको छ । पछिल्लो समयमा सरकारले समेत बहाल कर असुली सम्बन्धी निर्देशिका ल्याएपछि स्थानिय निकायहरुले बहाल कर उठाउने अभियानलाई भने तिव्रता दिइएको छ ।  तर बुटवल नगरपालिकामा गएको वर्षमा भन्दा घर वहाल कर तिर्नेहरुको संख्या बृद्धि भएको छ । आर्थिक वर्ष ६६÷६७ मा १७ लाख २९ हजार,६७÷६८ मा २४ लाख ९७ हजार ७ सय र यो चालु आर्थिक बर्षको बैशाखसम्मा ३१ लाख ८४ हजार ८ सय रुपैया“ वहाल कर उठेको हो । कतिपय घरधनीहरुले भने दोहोरो करका कारण आफुहरु मर्कामा परेको गुनासो गरेका छन् । नगरपालिकाले २ प्रतिशत र आन्तरिक राजस्व कार्यालयले आयकर ऐन २०५८ अनुसार १० प्रतिशत बहाल कर उठाउदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से