कपिलवस्तुमा दुई जना स्थानिय विकास अधिकारी हुँदा समस्या

१ जेष्ठ २०६९, सोमबार ०९:२४ मा प्रकाशित

कपिलबस्तु, १ जेठ । सरुवा भइसकेका स्थानिय विकास अधिकारी जिल्लामै पुनः हाजिर भएपछि जिविस कपिलवस्तुमा अन्यौल सिर्जना भएको छ । तत्कालिन स्थानिय विकास अधिकारी चिरन्जीवी भण्डारी सरुवा भएपछि जिल्लामै फर्किएकाले समस्या भएको हो ।  स्थानिय विकास अधिकारी रामप्रसाद पाण्डे पनि जिल्लामै हुनुहुन्छ ।  नयाँ स्थानिय विकास अधिकारी पाण्डेले वैशाख २८ गतेबाट कार्यालयमा हाजिर हुनु भएको हो तर  सरुवा भइसकेका भण्डारीले वैशाख ३१ गते हाजिर गर्नु भएको छ  । एउटै कार्यालयमा दुई वटा प्रमुख भएपछि कर्मचारी तथा सेवाग्राहीलाई समस्या सिर्जना भएको छ । तत्कालिन अधिकारी भण्डारीले आफुले सरुवा रवाना नलिएको हुदा आदिकारीक भएको दाबी गर्नुभएको छ । उहाले रवाना नलिदा सम्म सम्पूर्ण कार्यभार आफुले सम्हाल्ने बताउनुभयो । भण्डारीले अझै रवाना बुझ्नु भएको छैन । स्थानिय विकास मन्त्रालयले चैत्र १५ गते भण्डारीलाई मन्त्रालयमै सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाकै अवधिमा उहाँ बैशाख २५ गते देखि २९ सम्म विदा बसेको र फेरी हाजिर हुन आएको प्रशासन शाखा प्रमुख रेशम शर्माले जानकारी दिनु भएको छ । यता हालै मात्र कार्यभार सम्हालेका स्थानिय विकास अधिकारी पाण्डे आफु मन्त्रालयको निर्णय अनुसार सरुवा भई आएको हुदा आफु आदिकारीक भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने