विकास गर्न उपराष्ट्रपति झको अबरोध

२१ जेष्ठ २०७१, बुधबार ०७:४० मा प्रकाशित

काठमाडौं, २१ जेठ । उपराष्ट्रपति परमानन्द झाले सडक विस्तारको क्रममा आफ्नो घरको पर्खाल भत्काउन अटेर गुरेका छन् । पदको दुरुपयोग गर्दै उपराष्ट्रपति झाले पर्खाल भत्काउन आलटाल गर्दै आएको स्थानीयको गुनासो छ ।

बौद्धद्वार–गौरीघाट सडक विस्तारको क्रममा परेको ३ मिटर ३० सेन्टिमिटर पर्खाल भत्काउनका लागि उप–राष्ट्रपति झाले पहिला नै सडकका लागि आफूले जग्गा छेडिसकेको दाबी गर्दै भत्काउन आलटाल गर्दै आएको स्थानीयको भनाइ छ ।

सडक विस्तारको क्रममा परेको ४२ वटा घरहरुमध्ये अधिकांश घर र पर्खाल भत्काउन कार्य सम्पन्न भए पनि उपराष्ट्रपतिले पर्खाल भत्काउने कार्य शुरु नगरेको भन्दै स्थानीयबासीले तत्काल भत्काउन माग गरेका छन् ।

११ मिटरको चौडा बाटो विस्तारको क्रममा उपराष्ट्रपति भाको घरअगाडि रहेको ३ मिटर ३० सेन्टिमिटर पर्खाल भत्काउनुपर्ने गरी काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले मापदण्ड तोकेको थियो । छिमेकी सुरज कर्माचार्यले उपराष्ट्रपति झाले पर्खाल नभत्काएसम्म आफ्नो घरमा परेको ८० सेन्टिमिटर पनि नभत्काउने बताए । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो