जेष्ठ १ गते देखि १४ गतेसम्म नवलपरासी र रुपन्देहीका विद्यालयहरु बन्द हुने

१ जेष्ठ २०६९, सोमबार ०९:२३ मा प्रकाशित

नवलपरासी, १ जेठ । आज जेष्ठ १ गतेदेखि १४ गते सम्म नवलपरासी जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा गरिने भएको छ । बिभिन्न राजनीतिक गतिरोध र जातीय तथा क्षेत्रीय बन्दले गर्दा  विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेका कारण आजदेखि १४ गतेसम्म विद्यालय बन्द गरिने नेपाल शिक्षक यूनियन का नवलपरासी अध्यक्ष मोहन प्रसाद शर्मा,नेपाल शैक्षीक गणतान्त्रीक मञ्च नवलपरासी का अध्यक्ष शिव शंकर बस्याल  र प्याब्सन नवलपरासीका अध्यक्ष भिम लाल अधिकारी द्धारा संयुक्त रुपमा हस्ताक्षरीत बिज्ञप्ति मार्फत जनाइएको छ । उक्त बन्द बाट पर्ने असरलाई कम गर्न वर्षे विदा तथा अन्य विदाहरुलाई कटौती गरी विद्यालय संचालन गरीने समेत जनाइएको छ ।राजनैतीक संकट सगै जिल्लामा वन्द गराउने विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रम वढन थाले पछि शिक्षा संग सम्वन्धीत संघ सगठनहरुले संयुक्तरुपमा विधालय विदा गर्ने घोषण गरेका हुन् ।
त्यसैगरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  प्याब्सन रुपन्देहीले  आजदेखि जेठ १५ गतेसम्मका लागि प्याब्सनमा आवद्ध  विद्यालयहरु बन्द गरेको छ । मुलुकको वर्तमान असहज परिस्थितीको कारण जनाउदै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याप्सनले जनाएको छ ।  ग्रिष्म ÷ वर्षे विदामा समायोजन गर्ने गरी जेठ १५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । उहाले जेठ १४ सम्म विभिन्न समुहरुले दिनदिनै बन्द गरेपछि विद्यालय खोल्नुको अर्थनै नरहेको भन्दै जेठ १५ सम्म विद्यालय बन्द गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको