थारु संयुक्त संघर्ष समितीको बन्दले तराईको जनजीवन प्रभावित

१ जेष्ठ २०६९, सोमबार ०९:२० मा प्रकाशित

काठमाडौ, १ जेठ । विभिन्न माग राख्दै थारु संयुक्त संघर्ष समितीले आह्वान  गरेको तराइ बन्दका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । वैशाख २७ गते कावासोतीमा थारु आन्दोलनकारी र प्रहरीबीच भएको झडपको विरोध तथा उचित क्षतिपुर्ती र न्यायीक छानविनको माग गर्दै थारु संयुक्त संघर्ष समितीले आजदेखि ५ गतेसम्म तराईका २२ जिल्ला बन्दको आह्वान गरिएको हो । बन्दले नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा बिहानैदेखि प्रभाव परेको छ । बन्दका कारण पुर्व पश्चिम लोक मार्गमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैन्न भने राजमार्ग आसपासका पसल, बजार समेत पुर्ण बन्द भएका छन् । वैशाख २६ गते नवलपरासीको डण्डामा थारु संग्रालयमा भएको तोडफेड र त्यसका विरोधमा उत्रिएका आन्दोलनकारी माथि कावासोतीमा प्रहरी दमन गरेको भन्दै थारु संयुक्त संघर्ष समिति आन्दोलित भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ