सभापति कोइरालासमक्ष चीन भ्रमणको प्रतिवेदन

२० जेष्ठ २०७१, मंगलवार १५:३५ मा प्रकाशित

काठमाडौं, २० जेठ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली कांग्रेसको केन्द्रीय टोलीले सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई भ्रमण बारे जानकारी गराएको छ ।
कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा भ्रमणमा गएको २० सदस्यीय प्रतिनिधिमण्डलले भ्रमणबाट सदियौँ पुरानो नेपाल–चीन सम्बन्ध र कम्युनिस्टसँगको सम्बन्धमा नयाँ आयाम थपिएको जानकारी कोइरालालाई गराएको छ ।
भ्रमणमा बडुले नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा लिखित जानकारी गराउँदै कांग्रेसका सभापति एवम् प्रधानमन्त्री कोइरालाका तर्फबाट चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताप्रतिको शुभेच्छा र सदभाव प्रस्तुत गर्नुभएको सञ्चारकर्मीलाई जानकारी गराए ।
जेठ ६ गतेदेखि १६ गतेसम्म प्रवक्ता बडुको नेतृत्वमा सभासदहरु लक्ष्मी राई, सुधीर शिवाकोटी, तारामान गुरुङ, अब्दुल रज्जाक, चन्द्रबहादुर कुँवर, रामचन्द्र यादव, कल्पना सोव, लालबाबु सिंह, सङ्गीता मण्डललगायत चीन गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न