संघर्ष समितिले संकलन गरेको हस्ताक्षर आज सभामुखलाई बुझाउँदै

१ जेष्ठ २०६९, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौ, १ जेठ । एकीकृत माओवादीको बैद्य समूह र साना कम्युनिष्ट पार्टी सम्मिलित संयुक्त जनआन्दोलन संघर्ष समितिले संकलन गरेको हस्ताक्षर आज सभामुख सुवास नेम्वाङलाई बुझाउँदैछ । जनपक्षीय संविधान जारी गर्न दवाव दिनभन्दै संघर्ष समितिले देशभरका बिभिन्न स्थानमा हस्ताक्षर सङ्कलन गरेको थियो । सभामुख नेम्वाङ्लाई हस्ताक्षर बुझाउनुअभि दिउँसो १ बजे रत्नपार्कबाट जुलुश निकाल्ने तयारी समितिले गरेको छ । जुलुशपछि दिउँसो साढे २ बजेपछि सभामुखलाई ज्ञापनपत्र सहित हस्ताक्षर बुझाइने समिति संयोजक सीपी गजुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा