एमाओवादीमा कार्यविभाजनः संस्थापन पक्ष नै असन्तुष्ट

२० जेष्ठ २०७१, मंगलवार ०७:४२ मा प्रकाशित

काठमाडौं, २० जेठ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको कार्यविभाजनप्रति संस्थापन पक्षधर नेताले समेत असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा दाहालनिकट नेताहरू लेखराज भट्ट, रामचन्द्र झा, उर्मिला अर्याल, विश्वभक्त दुलाल, महेन्द्र पासवानलगायतले असन्तुिष्ट जनाए। बैठकले भट्टराई र संस्थापन पक्षका केही नेताको असन्तुष्टि रहे पनि दाहालको कार्यविभाजन प्रस्ताव भने अनुमोदन गरेको छ।

नेता भट्टले कार्यविभाजनले पार्टी बनाउनेभन्दा पनि भत्काउने दिशातर्फ लगेको बताएका छन्। ुकार्यविभाजनले चित्त नबुझ्ने र नेतृत्वको वरिपरि नघुम्नेलाई थन्क्याउने काम गरेको छ, यसरी पार्टी बन्दैन,ु भट्टलाई उद्धृत गर्दै स्रोतले भन्यो।

उनले बैठकमा विधि र प्रक्रिया मिचेर कार्यविभाजन प्रस्ताव आएको पनि बताएका थिए।

एमाले परित्याग गरी आएका झाले पनि सेटिङ गरेर पदाधिकारी र स्थायी समिति चयन गरिएको भन्दै असन्तुष्टि जनाए। ‘नेतृत्व चयनका लागि निर्वाचन गर्ने विधि नै ठिक थिएन, यसलाई परिणामले पुष्टि गर्योष,’ झाले बैठकमा भने, ‘अब त म पनि सहानुभूतिको भारीले यसरी थलिएँ कि अब उठ्नै नसक्ने भएको छु।’

सचिव बनाउने भन्दै एमालेबाट ल्याइएका झाले स्थायी समिति र पदाधिकारी दुवैमा पराजित भएपछि ‘सहानभूति अब आवश्यक नभएकोु भन्दै दुखेसो पोखेका थिए।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट मूल पार्टीमा फर्किएका पासवानले आफूलाई पार्टी संगठनभित्र जिम्मेवारी नदिएको भन्दै दुखेसो पोखेको थिए। ‘मलाई पार्टी संगठनभित्र जिम्मेवारी दिइएन, बरु मधेसी मोर्चाको संयोजक बनाएर थन्क्याउने उद्देश्य राखेको देखियो,’ पासवानले बैठकमा भनेका थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री