प्रश्नावलीलाई अन्तिम रुप दिन संवैधानिक समितिको बैठक आज पनि बस्ने

१ जेष्ठ २०६९, सोमबार ०९:१८ मा प्रकाशित

काठमाडौ, १ जेठ । संविधानसभा अन्तर्गतको संवैधानिक समितिको बैठक आज बस्दैछ । आफू मातहतमा रहेको विवाद समाधान उपसमितिले तयार पारेको प्रश्नावलीको बारेमा छलफल गर्न संवैधानिक समितिको बैठक बस्न लागेको हो । उपसमितिले परिमार्जन गरेको प्रश्नावलीको बारेमा छलफल गर्न र अनुमोदनको लागि विहान ११ बजेपछि सिंहदरवारमा बैठक सुरु हुनेछ । उपसमितिले तयार पारेको प्रश्नावलीमा सहमति भए संवैधानिक समितिले विवादित विषय समेटिएका ३० ओटा प्रश्नावली आजै संविधानसभामा पठाउने छ । संवैधानिक समितिमा प्रश्नावलीको बारेमा दलहरुबीच कुराकानी नमिल्दा संविधानसभाको बैठक पटकपटक स्थगित हुँदै आएको छ । उपसमितिले तयार पारेको प्रश्नावलीको आधारमा भावी संविधानका विवादित विषयको टुङ्गो लगाउन संविधानसभामा मतदान प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा