मिस्टर बुल्समेन राष्ट्रिय शासु प्रतियोगिता जेठ २३ मा

२० जेष्ठ २०७१, मंगलवार ०७:२९ मा प्रकाशित

काठमाडौं, २० जेठ । पोखरामा मोसफलकै सर्वाधिक राशिको शारीरिक सुगठन प्रतियोगिताको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएका छन् । बुल्स मेन क्लबको आयोजनामा जेठ २३ र २४ गते प्रथम मिस्टर बुल्समेन राष्ट्रिय शारीरिक सुगठन च्याम्पियनसिप–२०७१ हुँदैछ ।
क्लबका संयोजक नुना गुरुङले दिएको जानकारीअनुसार, प्रतियोगितामा ५५, ६०, ६५, ७५ र ७५ माथि गरी ६ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा काठमाडौ, भैरहवा र धरानका गरी एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । एउटा संस्थाबाट एउटा तौल समूहमा दुई जनासम्मले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउन्डअन्तर्गत प्रत्येक तौल समूहबाट पाँचजना खेलाडी फाइनलका लागि छनोट गरिने संयोजक गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रत्येक वजन समूहका प्रथम, द्धितृय र तृतीय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र कांस्यपदक सहित दश, सात र पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । फाइनलमा प्रत्येक समूहको विजेता खेलाडीहरूबीच प्रतिस्पर्धा गराइने र मिस्टर बुल्समेन बन्न सफल खेलाडीलाई नगद एक लाख रुपैयाँसहित ट्रफी तथा ब्यानेटले सुसज्जित गरिने जानकारी दिइएको छ ।
२०३८ सालदेखि पोखरामा सुरुआत भएको शारीरिक सुगठनलाई अझ व्यवस्थित गर्दै खेलाडीको प्रवद्र्धन गर्न संघसँगै क्लबहरूले पनि प्रतियोगिता गर्ने जमर्को गरिरहेका छन् । महेन्द्र पुल स्पोर्ट्स क्लबको स्थापनासँगै शारीरिक सुगठनले गति लिएको सुनाउँदै कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष शंकरमान उदासले अहिले पोखरामा डेढ दर्जन जिमहलको स्थापना भएको बताए । उनले अहिले शरीर बनाउने धुनमा युवाहरू जुटिरहेको उल्लेख गर्दै व्यवसायिक खेलाडीको उत्पादनमा पनि क्लबले आयोजना गर्ने प्रतियोगिताले अझ टेवा दिने बताए ।
पोखराले सागमा तीन कांस्य पदकसमेत जितिसकेको छ । जीवन घिमिरे (हाल प्रशिक्षक), सागर शाह र अरुण मुखियाले कांस्य जितेका छन् । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ४९ हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान