विवाद समाधान उपसमितिले प्रश्नावली परिमार्जन गर्ने

१ जेष्ठ २०६९, सोमबार ०९:१७ मा प्रकाशित

काठमाडौ, १ जेठ । भावी संविधानका विवादित विषयमा हुने मतदानको लागि तयार पारिएको प्रश्नावलीलाई परिमार्जन गर्न उपसमितिले आज छलफल गर्दैछ । प्रश्नावली परिमार्जन गर्ने बारेमा छलफल गर्न उपसमितिको बैठक अहिले केहीबेरमा सिंहदरवारमा बस्दैैछ । राज्यपुनर्संरचना बाहेकका ३० ओटा विवादित विषयमा मतदानको लागि उपसमितिले तयार पारेको प्रश्नावली हिजो संवैधानिक समितिलाई बुझाएको थियो । संवैधानिक समितिले भने दोहोरो अर्थ लाग्ने प्रश्न निर्माण गरेको तथा सैद्वान्तिक विषयलाई समेत ख्याल गर्न निर्देशन दिदै हिजो सबै प्रश्नावली फेरि उपसमितिलाई फिर्ता दिएको थियो । उपसमिति सदस्य लक्ष्मणलाल कर्णले प्रश्नावलीको भाषा र सैद्वान्तिक विषयमा छलफल गरेर आजै संवैधानिक समितिमा बुझाइने बताउनुभयो । हिजोको संवैधानिक समितिमा आदिवासी तथा जनजाति सभासदहरुले प्रश्नावलीको भाषा र स्वरुपको बारेमा आपत्ति जनाएका थिए । दलहरुबीच भावी संविधानका १ सय १७ विषयमा विवाद कायमै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल