शीर्ष नेताहरुको बैठक निष्कर्षहीन, सिमांकन र नामांकनमा विवाद कायमै

३१ बैशाख २०६९, आईतवार २१:२५ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । नयाँ संविधानका विवादित विषयहरु मिलाउनका लागि आइतबार साँझ नयाँ बानेश्वरस्थित बिशेष समितिको सचिवालयमा बसेको माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन टुंगिएको छ । यसअघि एमाले र काँग्रेस तथा माओवादी र मधेसी मोर्चाकीच दुई पक्षीय छलफल भएको थियो । आइतबार साँझ नयाँ बानेश्वरस्थित बिशेष समितिको सचिवालयमा माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल निष्कर्षहीन टुंगिए मधेशी मोर्चासहितको बैठक भने  बस्न सकेन । तर मधेसी मोर्चासहित तीन ठूला दलहरुले नयाँ संविधानका विवादित विषयहरु मिलाउने अन्तिम कसरतस्वरूप एक पक्षीय र बहु पक्षीय बैठकहरु भने जारीनै राखेका छन् । बैठक पछी एमाले नेता बामदेव गौतमले संचारकर्मीलाई भने,’ दलहरुले आ-आफ्नो पूर्ववत अडान कायमै राखेका कारण बैठक निष्कर्षहीन टुंगियो ।’ आइतबार अपरान्ह एमाले र काँग्रेस तथा माओवादी र मधेसी मोर्चाबिच दुई पक्षीय छलफल भएको थियो । काँग्रेस नेता राम शरण महतका अनुसार ११ प्रदेशमा दलहरुबीच कुराकानी मिले पनि प्रदेशको सिमांकन र नामांकनमा अझै  कुरा मिलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको