उच्च माध्यामिक तहका उत्तरपुस्तिका परीक्षण प्रभावित

१९ जेष्ठ २०७१, सोमबार १४:५७ मा प्रकाशित

काठमाडौं, १९ जेठ । उच्च माध्यामिक शिक्षक एसोसिएसन, नेपाल (हिष्टान) द्वारा विभिन्न मागसहित उच्च माध्यमिक शिक्षा परिषदको उत्तरपुस्तिका परीक्षण शाखामा गरेको तालाबन्दीका कारण उत्तरपुस्तिका परीक्षण कार्य प्रभावित भएको छ ।
विभिन्न ११ बुँदे मागसहित गत शुक्रबारदेखि हिष्टानले उत्तरपुस्तिका परीक्षण शाखामा तालाबन्दी गरेको छ ।
हिष्टानका केन्द्रीय अध्यक्ष दीपकराज सुवेदीका अनुसार २०४९ सालमा ३८ वटा उच्च माविलाई अस्थायी सम्बन्ध दिई उच्च मावि तह सञ्चालन गरिएकामा गत वर्षसम्म तीन हजार ७९६ को सङ्ख्याका उच्च मावि र यस वर्ष थप १०० उच्च माविले अस्थायी सम्बन्धन पाएका छन् ।
यति धेरै सङ्ख्यामा उच्च माविहरु सञ्चालन भए पनि हालसम्म कुनै उच्च माविले स्थायी सम्बन्धन नपाएको उनले जानकारी गराए ।
स्थायी सम्बन्धन दिनुपर्नेलगायतका मागलाई यसअघि पटकपटक हिष्टानले उठाउँदै आएको भए पनि कुनै निर्णय नभएपछि बाध्यात्मकरुपमा तालाबन्दी गर्नुपरेको उनको भनाइ छ ।
विभिन्न ११ बुँदे मागमा सामुदायिक उच्च माविमा विषयगतरुपमा न्यूनतम् पाँचवटा दरबन्दी उपलब्ध गराइनुपर्ने, निजी तथा संस्थागत उच्च माविका शिक्षक तथा कर्मचारीको सेवा सुविधाको सुनिश्चित गरिनुपर्ने, उच्च मावि तहका शिक्षकलाई दरबन्दी सिर्जना गर्न विद्यमान ऐन तथा नियमलाई संशोधन गर्नुपर्ने, उच्च मावि तहको शिक्षालाई सर्वसुलभ एवम् गुणस्तरीय बनाइनुपर्ने रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य