एघार महिना बितिसक्दा पनि पुल निर्माण भएन

१९ जेष्ठ २०७१, सोमबार १९:१० मा प्रकाशित

सुन्दरीजल, १९ जेठ । काठमाडौंको उत्तपूर्वमा रहेको डाँछी गाविसलाई भक्तपुरको चाँगुनारायण गाविससँग जोड्ने पुल सम्झौता भएको ११ महिना बितिसक्दा पनि काम सुरु हुन सकेको छैन ।
काम सुरु गर्न लाग्दा विवाद भएर रोकिएको पक्की पुलको निर्माण कार्य ६० प्रतिशत सकी सकेको भनेर डिभिजन सडक कार्यालय भक्तपुरले कागजमै मात्र पुल बनाउन खोजेको भन्दै स्थानीयवासीले भने विरोध जनाएका छन् ।
‘२०७० साउनमा ठेक्का सम्झौता भई २४ महिनामा सक्ने लक्ष्य राखिएको पुलको निर्माण कार्य आधा समय बित्न लाग्दासमेत सुरु नभएकाले डिभिजन सडक कार्यालय भक्तपुरलाई सचेत गराएका छौँ’, पुल निर्माण सहयोग सरोकार समितिका अध्यक्ष नारायण पण्डितले भने ।
पुल बनाउने ठेक्का पाएको नागार्जुन कोसी एन्ड न्यौपाने जेभीले पक्की पुल बनाउन सुरु गर्नुअघि स्थानीयवासीले बनाएको फलामको पुल भत्काइदिएपछि मनसुन सुरु हुने पूर्वसन्ध्यामा आवतजावत गर्न नपाइने चिन्ताले स्थानीयवासी भयभित छन् ।
‘यो पुल हुँदै दैनिक ७०० मानिस काठमाडौँ र भक्तपुर ओहोरदोहोर गर्ने गर्छन्, फलामको पुल पनि भत्काएपछि बादल लागेका दिनमा आवतजावत गर्न नै डराउनुपर्ने अवस्था छ’, समितिका उपाध्यक्ष कृष्णबहादुर थापाले भने, ‘पानी परेपछि मनोहरा खोलामा आउनसक्ने बाढीका कारण दैनिक काम काजमा हिँड्नै डराउनुपर्ने अवस्था छ ।’
ठेकेदार कम्पनीका इन्जिनियर मणि दासले डिभिजन सडक कार्यालय भक्तपुरले ठेक्का सम्झौता भएको १० महिनापछि एक साताअघि मात्र पुल निर्माणको नक्सा दिएर एक वर्षको समय झुलाइदिएको बताए ।
डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर देवविक्रम खड्का भने काठमाडौँ पट्टीको छेउमा ढुङ्गा भेटिएकाले मात्र बीचमा खन्न ठेकेदार कम्पनीलाई भनिएको दाबी गर्छन् ।
तीन करोड ५० लाखको लागतमा पुल निर्माणको सम्झौता गरिएको जानकारी उनले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै