अमेरिकामा दुई चेम्बर अफ कमर्सबिच सम्झौता सम्पन्न

३१ बैशाख २०६९, आईतवार २०:०५ मा प्रकाशित

न्यूयोर्क, अमेरिका । अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालका बिचमा अमेरिकाको न्यूयोर्कमा मे १२ मा आयोजित एक कार्यक्रममा memorandum of understanding (mou) मा एक सम्झौता भएको छ । न्यूयोकको रिजउडमा अमेरिका नेपाल व्यवसायी संघको आयोजनामा आयोजत उक्त कार्यक्रममा उक्त संघको तर्फवाट सचिव प्रकाश थापा, अध्यक्ष मोहन ज्ञवाली र नेपाल चेम्बर अफ कमर्सका तर्फवाट महासचिव कमलेस कुमार अग्रवाल र अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले हस्ताक्षार गर्नुभएको छ । अमेरिका भ्रमणमा रहेका उक्त व्यापारी मण्डलको स्वागतका लागी आयोजित उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूयोर्क स्थित कार्यालय नियोग दुतावास र अमेरिका नेपाल व्यवसायी संघ द्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।

संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले “आज भएको यो सम्झौता अमेरिकामा रहेका नेपाली व्यापारी,व्यवसायी र नेपालमा रहेका व्यापारी व्यवसायीका लागी ऐतिहासिक भएको छ भन्नुभयो ।” आज पछि अमेरिकामा अमेरिका नेपाल व्यवसायी संघ चेम्बरको आघिकारिक प्रतिनिधि भएको छ भन्दै उहांले यस संस्थाले नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको लागी चेम्बरले नेपाल र अमेरिकन सरकार संग पहल गर्ने घोषणा गर्नुभयो ।कार्यक्रममा बोल्दै चेम्बरका महासचिव कमलेस कुमार अग्रवालले यो सम्झौताले नेपाल र अमेरिकामा बसेर व्यवसाय गर्ने व्यापारी बिच एउटा पुलको काम गर्ने ,देशमा नयां लगानिका बाटाहरु खुल्ने र व्यापारीहरु बिच समन्वय सहकार्यमा महत्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मिसनका नायव स्थायी प्रतिनिधी सेवा लम्सालले अमेरिका नेपाल व्यवसायी संघले सुरु गरेको यो काम ऐतिहासिक भएको र नेपाल मिसनले यो काम लाई सफल बनाउन सक्दो सहयोग गर्ने छ भन्नुभयो । त्यसैगरि मिसनका मिनिष्टर अफ काउन्सिल अमृत राईले अमेरिकामा हरेक संस्था भएपनि व्यापारीको संस्था नभएको र यो संघले व्यापारीहरुको लागी थालेको एकताले अमेरिकन नेपाली व्यवसायीहरु एक जुट भएर अगाडी बढ्ने छन भन्नुभयो ।अमेरिकाका लागी नेपाली वाणिज्य दुत प्रेम राजा महतले यो संघले व्यापारीहरुलाई एकजुट बनाउनुहोस आफुले हरेक कदममा सहयोग गर्ने भन्दै । अमेरिकी सरकार, यहांको चेम्बर संघ नेपाली व्यवसायीका लागी आफू काम गर्न तयार रहेको छु भन्नुभयो । दुई चेम्बरका बिचमा भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपाली व्यवसायीलाई ठूलो फाईदा पुग्ने छ भन्नुभयो ।

उक्त समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्षमा खगेन्द्र जिसीले नेपालमा बन्न लागेको संविधानमा दुई नागरिताको प्रावधान हटाउन थालिएको छ भन्दै सबैले मिलेर यसलाई टड्कारो रुपमा उठाउनु पर्छ भन्दै यो संघले गर्ने क्रियाकलपमा आफ्रनो पूर्ण रुपमा सहयोग हुने छ भन्नुभयो । त्यसैगरि कार्यक्रममा रिजउड नेपलिज सोसाइटिका अध्यक्ष श्री पराजुलिले सामाजिक संस्था र व्यापारीक संस्था बिच समन्वय हुनुपर्छ भन्दै यो संघले अमेरिकामा रहेका व्यापारीहरुको उत्थानका लागि लडोस आफूले हरेक कदममा साथ दिन्छ भन्नुभयो ।

कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा, पत्रकार सूर्य थापा, UNDF का अध्यक्ष सिता खरेल, समाज सेवी डा; तारा निरौला, वाल्टिमोर एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठ, शेर्पा किदुङ्गका सचिव पाशाङ्ग शेर्पा लगायतका वक्ताले दुई चेम्बर बिच भएको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै यसले व्यपारीहरुको हकहित, सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य केदार श्रेष्ठ लागायतका पर्तिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत भाषण संघका कोषाध्यक्ष कुगां शेपाले गनुभएको थियो भने कार्यक्रमको संञ्चालन सचिव प्रकाश थापाले गनुभएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले आगामी ६ देखि एक वर्ष भित्र अधिवेशन गर्ने ,हाल सम्म ३१वटा स्टेट बाट २४० व्यपारीहरुले आवद्धता जनाइसकेको र यो संस्था गैर राजनितीक, मुनाफा रहित हुने उल्लेख गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सानुबाबु सिलवालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै व्यापारिक हितको लागी यो संस्था गठन भएको र यसले नेपालमा अमेरिकन लगानि भित्रयाउने र अमेरिकामा रहेका व्यापारी, व्यवसायीको हकहित संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्नु भएको छ । अन्तमा अध्यक्ष मोहन ज्ञवालीले कार्यक्रममा सहभागीलाई धन्यवाद भन्दै आज भएको दुइ चेम्बर विचको सम्झौताले दुई देश विच व्यापारिक फाइदा हुने छ भन्दै नेपाल चेम्बर अफ कमर्सले नेपालमा विदेशी लगानी भिœयाउनका लागी नेपालीहरुलाई वातावरण तयार गर्न अनुरोध गर्दै यहांको नेपाली व्यापारी, व्यवसायीहरुलाइ एक भएर लाग्नका लागी आव्हान गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र