राप्रपाको अध्यक्ष आजबाट म हुँ : नेता चन्द

१९ जेष्ठ २०७१, सोमबार १४:०३ मा प्रकाशित

काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टी अध्यक्ष भएको घोषणा गरेका छन् ।

राप्रपाको केन्द्रीय कार्यालय चारुमति विहार चाबहिलमा आज पत्रकार सम्मेलन गरेर नेता चन्दले आफूलाई पार्टी अध्यक्ष घोषणा गरेका हुन् । ‘पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अवकाश लिनु भएपछि सहमतिको आधारमा म पार्टीको अध्यक्ष भएको हुँ’, उनले भने ।

उनले पार्टीका चारजना नेताहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले एक÷एक वर्ष पार्टीको नेतृत्व गर्ने सहमति भएअनुसार आफू पार्टी अध्यक्ष भएको दाबी गरे ।

‘नवघोषित अध्यक्ष चन्दले महाधिवेशनको समयमा भएको सहमतिअनुसार पहिलो वर्षको नेतृत्व सूर्यबहादुर थापाले गर्ने र त्यसपछि लोकेन्द्रबहादुर चन्दले गर्ने भनेर सहमति भएअनुसार म विधानसम्मत अध्यक्ष भएको हुँ’, उनले भने ।

उनले राजनीतिमा इमान्दार हुनुपर्ने भन्दै आफूले केन्द्रीय कार्यसमितिको बैठक बोलाएर सबैलाई समेटेर लैजाने बताए ।

पार्टीको अध्यक्ष घोषणा गर्ने सो कार्यक्रममा राप्र्रपाका पूर्वअध्यक्ष सूर्यबहादुर थापा र पशुपतिशमशेर जबरा पक्षधरका नेता तथा कार्यकर्ताको उपस्थिति थिएन ।

यसैबीच, नेता चन्दले आफूलाई राप्रपाको अध्यक्ष घोषणा गरे पछिको अवस्थाका बारेमा छलफल गर्न अध्यक्ष सूर्यबहादुर थापाले बैठक बोलाएका छन् । आफ्नै निवास मालीगाउँमा थापाले आफू पक्षधर सबै नेताहरुलाई बोलाएका छन् ।

केन्द्रीय कार्यसमितिमा अध्यक्ष थापा बहुमतमा छन् । बिबादले उग्ररुप लिए पछि राप्रपा पुनः संकटमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।