एनआरएन आइसिसिको नेतृत्वमा अमेरिकाको पहुँच बढाउन मेरो उम्मेदवारी : डा. बिनोद शाह

१९ जेष्ठ २०७१, सोमबार ०८:२३ मा प्रकाशित

न्युयोर्क । गैर आवशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आशन्न निर्वाचनमा आइसीसी सदश्य पदका उम्मेदबार डा, बिनोद शाहले एनआरएन आइसिसिको नेतृत्वमा अमेरिकाको पहुँच बढाउने उदेश्यले आफुले उम्मेदबारी दिएको बताउनु भएको छ ।
शाहले अमेरिकन नेपालीको आर्थिक सामाजिक पहिचानका लागि साझा कार्यक्रम र बृहद एकता समेत आवश्यक रहेको बताउनु भएको छ ।
अमेरिकामा बसोबास गर्ने नेपालीहरुलाई गैर आवशीय नेपाली अभियान मार्फत एकतृत गर्दै पहिचान र सामाजिकीकरणको अभियान सुरु गर्न आफुलाई मत दिएर नेतृत्वमा स्थापित गर्न नेपाली अमेरिकनलाई डा, बिनोद शाहले आग्रह गर्नु भएको छ ।
wwww.nepal24hours.comसंग कुरा गर्दै शाहले नेपाली नागरिकता निरन्तरताका लागि बृहद राजनीतिक अभियान सुरु गर्नु पर्ने र र त्यसका लागि गैर आवशीय नेपालीको साझा अभियान आवश्यक रहेको हुँदा एनआरएन अमेरिकाको नेतृत्वमा राजनीतिक पहुँच भएको सामाजिक अगुवाहरुलाई नेतृत्वमा पुर्याउन मतदाताहरुलाई अपिल समेत गर्नु भएको छ ।
शाहले भन्नु भयो, ‘नेपाली अमेरिकनलाई अमेरिकी मूलधारको आर्थिक सामाजिक रुपान्तरण गर्दै मात्री भूमिसँग अभिछीन्न संस्कृतिक सम्बन्ध कायम राख्ने कार्यक्रम ल्याउन जरुरी छ ।’ उहाँले आफुलाई मातृ भूमिको औधी मायाँ लाग्ने बताउदै र सबै नेपाली अमेरिकनको अवस्था उस्तै रहेको र गैर आवशीय नेपाली अभियान मार्फत नेपाल र नेपालीको पहिचान कायम गर्न र नेपाली अमेरिकनको आर्थिक समृद्दिको लागि समेत आफुसंग बृहद योजना भएको दावी समेत गर्नु भयो ।
उहाँले एनआरएन अमेरिकाको जुन रुपमा अगाडि बढ्नु पर्ने हो दुर्भाग्यवश त्यो गतिमा अगाडि बढ्न नसके पनि बिगतका तिता अनुभव पन्छाएर सहि नेतृत्व चयन गर्न सकिए एनआरएन अमेरिकालाई सबैको साझा र संस्थागत बनाउन सकिने प्रतिबद्दता समेत व्यक्त गर्नु भयो ।
शाह गैर आवशीय नेपाली संघको स्थापनाकाल देखि एनआरएन अभियानमा क्रियाशील हुनुहुन्थ्यो भने आफ्नो अमेरिकी जिन्दगीको सुरुवात देखिनै भिन्न भिन्न सामाजिक संघ संस्था मार्फत सदैव समुदायको हितमा क्रियाशील रहेको आउनु भएको थियो । उहाँले सामाजिकीकरण मार्फत अमेरिकी मूलधारमा नेपाली अमेरिकनको पहिचान बनाउन र मातृ भूमिसंगको अभिछिन्न सम्बन्धको लागि नेपाली नागरिकताको निरन्तरता कायम गराउन आफ्नो उम्मेदवारी भएको हुँदा आफुलाई यो अभियानमा नेतृत्व दिने अवशर प्रदान गरिदिनुहुन सम्पूर्ण नेपाली अमेरिकनलाई आफ्नो अमुल्य मत दिन अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको