कतारमा भानुभक्त द्विशतवार्षिकी समारोह सम्पन्न

१९ जेष्ठ २०७१, सोमबार ०८:०६ मा प्रकाशित

गणेश प्रसाद बन्जाडे, दोहा । आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति कतारले २९ मे २०१४मा आदिकवि भानुभक्त आचार्य द्विशत वार्षिकी समारोह २०७१ तथा खुल्ला सृजना वाचन कार्यक्रम एक भव्य कार्यक्रमका बीच दोहाको ग्राण्ड प्यालेस होटलमा सम्पन्न गरेको छ ।

नेपाली राजदूतावासको समन्वय तथा गैरआवासीय नेपाली संघ कतारको विशेष सहयोगमा आयोजित सो कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक हेमन्त परदेशीले गरेका थिए । कतारस्थित नेपाली राजदुतावासका कार्यवहाक राजदुत गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा गैरआवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिबी कार्की, गल्फ उपसंयोजक पूर्ण केसी, सदस्य अमृत गुरुङ, आईसीसी कतार प्रतिनिधि उमेश अधिकारी, गैरआवासी नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष मक्सुद आलम, नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष गणेशप्रसाद बन्जाडे, जनसम्पर्क समिति कतारका सभापति बिमल सुवेदी, नेपाली प्रवासी मञ्च कार्यबहाक अध्यक्ष चानक पोखरेल , मोरङसुनसरी सेवा समाज कतारका अध्यक्ष लोकबहादुर तामाङ, पाल्पा सेवा समाजका अध्यक्ष लिलम चिदि मगर, दाङदेउखुरी सेवा समाजका प्रतिनिधि, भोजपुर सेवा समाजका प्रतिनिधि, प्युठान सेवा समाजका अध्यक्ष छवि विक, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, प्रवासी मगर संघका उपाध्यक्ष महेन्द्र थापा मगर, तमु सेवा समाजका कृष्ण तमु, महिला समाज कतारको रेखा राई, क्षेत्री सेवा समाजका दिपक खड्का, कास्की आदर्श सेवा समाजका आशबहादुर गुरुङलगायत व्यवसायी आरके शर्मा, बुद्धिजीवि बिलबहदुर गुरुङ, साहित्यका पवित्रा खड्काको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि तथा अतिथिगणद्वारा सामूहिक रुपमा द्विप प्रज्जवलन गरी विधिवत रुपमा उद्घाटित सो कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै कार्यवहाक राजदूत ढकालले व्यक्तिको प्रतिभा कहिल्यै पनि लोप नहुने, भाषा, साहित्य हाम्रो प्रतिविम्व हो, यस्ता ज्ञानवद्र्धक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने बताए । सो कार्यक्रममा समितिका सदस्य रविन्द्रकुमार श्रेष्ठले भानुभक्तको जिवनीको बारेमा बोल्दै स्वागत मन्तव्य दिएका थिए भने साहित्यिक प्रतिवेदन समिति सदस्य नवराज विकले प्रस्तुत गरेका थिए ।

समितिका उपाध्यक्ष तिर्थसंगम राईद्वारा सञ्चालित सो कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष टिबी कार्कीले शुभकामना मन्तव्य दिँदै साहित्यिक सृजनालाई जर्गेना गर्नुपर्ने बताए भने आईसीसी गल्फ सहसंयोजक पूर्ण केसीले साहित्य समाजको ऐना भएको बताए । यसैगरी एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलमले कार्यक्रमको प्रशंसा गर्दै साहित्यकारहरुलाई निरन्तर सहयोग गर्ने बचन दिँदै शुभकामना दिएका थिए ।

एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कुमार कार्की, बुद्धिजीवि बिलबहादुर गुरुङले कार्यक्रम सफलबनाउन सहयोग पु¥याउने सम्बद्ध सबैलाई धन्यवाद दिएका थिए । साहित्यकार बद्रीप्रसाद पराजुलीलाई नेरु १० हजार राशि भएको भानु कतार काव्य पुरस्कार र प्रशंसा पत्र वितरण समेत गरिएको सो कार्यक्रममा खुल्ला वाचन प्रतियोगिहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

खुल्ला वाचन प्रतियोगितामा तिर्थसंगम राई, बद्रिप्रसाद पराजुली, चर्चित ढूंगेल, मेघराज कार्की, प्रेमबहादुर भण्डारी, दर्पण गुरुङ, युगयोगी राई, वेचन महतो, इन्दिरा शाह, देशप्रेमी कृष्ण बराल, चन्द्र खड्का, सिताराम थापा, प्रविण राई, राजन डाङ्डुङ, श्याम रानाभाट, गौरव घिमिरे, प्रेमप्रसाद भट्टराई, इन्द्रमणी नेपाल, विक्रम चेतनशील, विनोद ढकाल, दिपक खड्का, पूर्ण कान्छा गुरुङ, समिक्षा श्रेष्ठ, मोहन शाह, पवित्रा ढकाल, राजु मुखियालगायत ४० वटा कविता, गित र गजल प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई समापन गर्दै समिति संयोजक हेमन्त परदेशीले सम्पूर्ण आगन्तुक, संघसंस्था, बुद्धिजी, समाजसेवीलगायत सम्पूर्ण साहित्यिक मनलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत