सुदुरपश्चिमेलीसँग सार्थक वार्ता गर्न शिर्ष नेताहरुको निर्देशन

३१ बैशाख २०६९, आईतवार १८:०३ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । विगत १७ दिन देखि जारी अखण्ड सुदुरपश्चिम समर्थकहरुको आन्दोलनको माग सम्बोधन गर्न सार्थक वार्ता गर्न प्रमुख तीन दलका शिर्ष नेताहरुले सरकारी बार्ता टोलीलाई निर्देशन दिएका छन् ।
सभामुख सुवास नेम्वाङको सभाकक्ष सिहदरवारमा बसेको बैठकमा सभामुख नेम्वाङ सहित प्रधानमन्त्री डा बाबुराम भट्टराई, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काग्रेससभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, काग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला एमाले नेता भीम रावल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
शिर्ष नेताहरुको तर्फबाट सरकारी बार्ता टोलीलाई वार्ताको सीमा सहितको मस्यौदा दिएको र सोही मस्यौदाभित्र रहेर आन्दोलनकारीसँग सार्थक वार्ता गरेर समस्या समाधान गर्न निर्देशन दिएको एमाले नेता भीम रावलले जानकारी दिए ।
उनले १७ दिनसम्म आन्दोलन जारी रहँदा सुदुरपश्चिमको जनजीवन कष्टकर बन्नुका साथै साम्प्रदायिक सदभाव खलवलिने सम्भावन रहेको भन्दै सरकारले आन्दोलनलाई सम्बोधन गर्न ध्यान नदिएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले