जेठ १४ मा संविधान संभव छःसभाध्यक्ष नेम्वाङ

३१ बैशाख २०६९, आईतवार १७:४५ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज÷भोलिमै विवादित विषयमा सहमति भए जेठ १४ गते नै संविधान जारी गर्न संभव रहेको बताउनु भएको छ । विवादित बिषयमा सहमति भए प्रक्रिया छोट्याएर पनि संविधान बनाउन सकिने उहाँको विश्वास थियो । सिंहदरवार स्थित आफ्नै कार्यकक्षमा केही पत्रकारसंग कुरा गर्दै अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने संभावना टरिनसकेको बताउनु भएको हो । ‘विवादित बिषयमा सहमति भए हामी रातदिन काम गरेर भएपनि पूर्ण संविधान जारी गर्ने पक्षमा छौ, उहाँले भन्नुभयो–शीर्ष नेताहरुले आज भोलिमै विबाद सुल्झाउने आश्वासन दिएका कारण आशावादी छु ।’ जेठ १४ मा संविधान जारी गरी सहमति नभएका विषयलाई व्यवस्थापिका संसदमा रुपान्तरित हुने विद्यमान संयन्त्रवाट टुगो लगाउन सकिने विकल्पबारे नेताहरुलाई सुझाएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव