ठग्नेहरुका दिन गए इजरायलमा नर्स पठाएर

३१ बैशाख २०६९, आईतवार १५:५५ मा प्रकाशित

इजरायल रोजगारीका नाममा धेरै मेनपावर कम्पनीहरुले नेपाली कामदारको सर्वनाश गरिदिएपछि इजरायल सरकारले झण्डै दुई वर्षभन्दा बढी बन्देज लगाएर पुनः खुला गरेको छ । तर विगतमा ठगेर खान पकिल्एका दलालहरुले अहिले पनि पुरानै प्रवृत्ति दोहोर्याइरहेका छन् । अहिले पनि इजरायल पठाउने बहानामा ठग्न धरै मेनपावर र तिनका दलालहरु गाँउ, चोक र शहरका गल्ली–गल्लीमा सक्रिय छन् कति मेनपावरहरुले ५ देखि ८ लाख रुपैयाँसम्म उठाइरहेका छन् ।

त्यस्तै, इजरायलमा नर्स पठाएर लाखौं रुपैयाँ कमिसन खाने मेनपावर र दलालहरूको गतिविधि पनि ह्वात्तै बढेको छ । जसका कारण नेपाली नर्सहरु रोजगारी गुमाउने अवस्था सृजना भएपछि सरकारले त्यस्ता धन्दामा अब अंकुश लगाउने नीति अख्तियार गरेको छ । सरकारले रोजगारीका लागि इजरायल जाने नर्सका लागि केयरटेकर सम्बन्धी तालिम अनिवार्य गरेको छ, जसले गर्दा कमिसनको दौडमा हुत्तिने धरै मेनपावरको कालोधन्दा सखाप हुने स्थिति आएको छ । कामदारलाई ठगीमुक्त र पारदर्शी बनाउन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । इजरायल कामदार पठाउने केयरटेकर सम्बन्धी कार्यविधि संशोधनमा सो व्यवस्था अनिवार्य रुपमा लागु गर्ने तथा अनुगमनका लागि समिति निर्माण गर्ने प्रावधान राखिएको छ । मन्त्रालयका सहसचिब विनोद केसी संयोजकत्वको समितिले नसिर्ङ उत्तीर्ण गरेका महिलाले इजरायलमा रोजगारीका लागि जान केयरटेकर सम्बन्धी तालिम अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको हो ।

इजरायलमा केयरटेकरमा कामदार पठाउने कार्यविधि संशोधनको मस्यौदा तयार भईसकेको मन्त्रालयले जनाएको छ । मस्यौदा श्रम तथा यातायात व्यवस्थामन्त्रीले स्वीकृत गरेपछि कार्यविधि लागु हुने छ । नर्सिङ उत्तीर्ण गरी रोजगारीका लागि इजरायल जानेका लागि प्रक्रिया सहज बनाउन मन्त्रालयले यस्तो व्यवस्था गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष