राष्ट्रिय मधेशी मोर्चा गठन, आन्दोलनको कार्यक्रम घोषणा

३१ बैशाख २०६९, आईतवार १५:५४ मा प्रकाशित

  • काठमाडौं ३१ बैशाख । राष्ट्रिय मधेशी मोर्चा गठन भई आज सार्वजनिक गरिएको छ । चार पार्टी गोलबन्ध भई राष्ट्रिय मधेशी मोर्चा गठन गरिएको र आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
    राजधानीको मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चालाई सार्वजनिक गरिएको छ । मोर्चामा संविधानसभा भन्दा बाहिर रहेका चार मधेशीले नेतृत्व गरेको पार्टीहरु रहेका छन् । विकासकुमार तिवारी नेतृत्वको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), अमर यादवले नेतृत्वको मधेश तराई फोरम, उपेन्द्र झा नेतृत्वको नागरिक अधिकार रक्षा दल र रामलाल सुतिहार नेतृत्वको गैरसरकारी संस्था मधेश क्रान्ति फोरम रहेका छन् ।
    कार्यक्रममा आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरिएको छ । आन्दोलनका कार्यक्रम अन्तरगत जेष्ठ १ गतेदेखि जेष्ठ ७ गतेसम्म प्रचार–प्रसार र जनदबाब दिने त्यस्तै ८ गतेदेखि जेष्ठ १३ गतेसम्म मधेशका सहरमा कोणसभा तथा विरोधसभाहरु आयोजना गर्ने रहेको छ । त्यस्तै जेष्ठ १२ गते विरगञ्जमा समग्र मधेश एक प्रदेशको लागि बृहत् छलफल र विचारगोष्ठी आयोजना र जेष्ठ १४ गते मधेश बन्द गर्ने तथा मधेशका प्रमुख सहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको गजेन्द्रवादीका अध्यक्ष विकासकुमार तिवारीले बताएका छन् ।
    सार्वजनिक कार्यक्रममा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीले जनआन्दोलन र मधेश आन्दोलनले दिएको जनादेश अनुरुप सं

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६०