भगाए प्रधानमन्त्रीले अपराधी

३१ बैशाख २०६९, आईतवार १५:५२ मा प्रकाशित

आफ्नै पार्टीका नेता तथा सभासद्माथि हत्या प्रयासको अभियोग लागेका एक जना मजदुर नेतालाई प्रधानमन्त्री डा।बाबुराम भट्टराईले अमेरिका पठाएका छन्। अखिल नेपाल मजदुर संघका अध्यक्ष तथा सभासद शालिकराम जमरकट्टेलको हत्या प्रयासका योजनाकार मानिएका सोही संगठनका तत्कालीन सचिव रमेश पन्तलाई प्रधानमन्त्रीले गोप्यरुपमा अमेरीका पठाइदिएका हुन्। हत्या अभियोग लागेपछि लामो समय भारतमा लुकेका पन्तलाई प्रधानमन्त्री भट्टराईको पहलमै  दुई महिनाअघि अमेरीका पठाइएको माओवादी स्रोत बताउँछ। कट्टेल प्रचण्ड पक्षधर हुन् भने पन्त बाबुराम पक्षधर।

प्रचण्ड, बाबुराम र वैद्य पक्षीय मजदुरबीच बिबाद तथा कुटपिट बढिरहेको बेला गत भदौ १० गते बबरमहलमा कट्टेललाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। त्यसको ठिक दुई महिनापछि १० कात्तिकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले घटनामा संलग्न पन्तका सहयोगीलाई पक्राउ गरेको थियो। संगठनभित्रको मनमुटावका कारण पन्तले माओवादीकै अयोग्य लडाकु लगाएर जमरकट्ट्ेलको हत्या प्रयास गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको थियो। घटनामा संलग्न भगौडा लडाकु राम पुडासैनी प्रभात, इन्द्रबहादुर शाही ठकुरी, सुदीप कार्की ुनवीनु र कमल बुढाथोकीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

अखिल नेपाल होटल तथा रेष्टुरा महासंघका अध्यक्ष समेत रहेका पन्तले नै योजना बनाई हत्या गर्न निर्देशन दिएको प्रहरीको अनुसन्धान तथा पक्राउ परेकाहरुबाट खुलेको थियो। प्रहरीले आफ्ना सहयोगी पक्राउ गरेको थाहा पाएपछि पन्त भारततर्फ भागेका थिए। डा। भट्टराई नेतृत्वको सरकार परिवर्तन भए आफू पुनः पक्राउ पर्न सक्ने भएकाले उनी त्यो भन्दा पनि सुरक्षित स्थानमा जाने ताकमा थिए।  पन्त पक्राउ परे त्यो प्रकरणमा आफू पनि तानिन सक्ने भएकाले प्रधानमन्त्री भट्टराईले त्यसरी उनलाई अमेरिका पठाएका हुन्।

जमरकट्टेलमाथि त्यसबेला आक्रमण भएको थियो जति बेला प्रचण्ड र भट्टराई पक्षका मजदुरहरुबीच सधैंजसो कुटाकुट हुने गर्दथ्यो। आफ्नो पक्षका मजदुरलाई जमरकट्टेलको निर्देशनमा कुटपिट हुने गरेकाले पन्तले जमरकट्टेलमाथि आक्रमण गराएका थिए।  प्रहरीले पनि जमरकट्टेलको हत्या गरेर ट्रेड युनियनमा कब्जा जमाउने रणनीतिअर्न्तगत उनको हत्या प्रयास भएको निष्कर्ष निकालेको थियो।

कुनै बेला जमरकट्टेल र पन्त माओवादी निकट ट्रेड युनियनमा सबैभन्दा मिल्ने साथी थिए। जमरकट्टेलको विषयमा हिमाल मिडियाले समाचार लेख्दा पन्तकै नेतृत्वमा एक समूह गएर कार्यालय तोडफोड गरेको थियो।

तर पछि पैसाकै कारण उनीहरुबीच दरार बढेको र एकले अर्काको हत्याको प्रयास गर्ने स्थितिसम्म बिबाद पुग्यो।

खासगरी ठूला होटल र क्यासिनोबाट उठाउने रकमको विषयलाई लिएर उनीहरुबीच विवाद सुरु भएको थियो। शान्तिप्रक्रियामा आएपछि क्यासिनोमा मात्र उनीहरुले करिब तीन हजारलाई जागिर खुवाएका थिए। त्यसैगरी होटल र रेष्टुरेन्टमा पनि तलबबृद्धि लगायतका नाराको आवरणमा मालिकहरुसँग लाखौं रुपैयाँ असुलेका थिए। सोही पैसाको विषयमा विवाद उत्कर्षमा पुग्दा जमरकट्टेलमाथि आक्रमण भएको थियो। स्रोतका अनुसार पन्तलाई पक्राउ गर्न प्रहरी झण्डै सफल भइसकेको थियो, तर प्रधानमन्त्रीको पन्तलाई साथ रहेको थाहा पाएपछि प्रहरी पछि हटेको थियो। अहिले पन्तलाई अमेरिका पठाएको थाहा पाएपछि जमरकट्टेल पक्षका नेताहरु बाबुरामसँग आक्रोशित बनेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको