नसर्ने रोगहरू समस्याका रुपमा देखा पर्दै

१७ जेष्ठ २०७१, शनिबार १०:५३ मा प्रकाशित

कञ्चनपुर, १७ जेठ । खानपिनका आएको परिवर्तन र शारीरिक व्यायामको कमीका कारण कञ्चनपुरमा नसर्ने रोगहरू समस्याका रुपमा देखापर्न थालेको छ ।
स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य परीक्षणका लागि पुग्नेमध्ये २० प्रतिशत व्यक्तिमा नसर्ने रोगहरू देखा पर्ने गरिएको छ । ‘विगतमा कम मात्रै देखिने गरेका नसर्ने रोगहरू पाँच वर्षयता बढ्दै गएको पाएका छौँ’, जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतले भने ।
उनले नसर्ने रोग बढ्नुको कारणमा बढदो सहरीकरण, औद्योगीकरण र जीवनशैलीमा आएको परिवर्तन जिम्मेवार रहेको बताए ।
क्यान्सर, जन्डिस, मधुमेह, मुटु, मोटोपना, दम, रक्तचापलगायतका रोग बढ्दो रुपमा देखा पर्ने गरेको उनले बताए । ‘वार्षिक रुपमा यस्ता रोगीको सङ्ख्या १० हजार भन्दा बढी हुने गरेको छ’, उनले भने ।
विषादी प्रयोग गरेका तरकारी र फलफूलको बिक्री वितरणमा व्यापकताले समेत रोगीको सङ्ख्या तुलनात्मक रुपमा विगतको भन्दा बढ्दै गएको उनको भनाइ छ । नसर्ने रोग तीस वर्षभन्दा माथिका व्यक्तिलाई बढी देखा पर्ने गरेको अनुसन्धानले देखाएको वरिष्ठ जनस्वास्थ्य अधिकृत महतले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया