सुकुम्बासी भन्ने सबैलाई काठमाडौमा घर दिने केशब स्थापितको घोषणा

३१ बैशाख २०६९, आईतवार १५:४५ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । नवनियूक्त काठमाडौ नगर विकास समितिका प्रमुख आयूक्त केशब स्थापितले सुकुम्बासी भनेर आउने सबैलाई काठमाडौमा घर बनाएर दिने घोषणा गरेका छन् ।
नेपाल महिला एकता समाज, नेपाल बसोबास बस्ती संरक्षण समाज र लुमन्तीले आज आयोजना गरेको साक्षात्कारमा स्थापितले दिनमा २० देखि ३० वटा तीन कोठे घर निर्माण गरेर राजधानीको चोभारमा बाग्मती किनारबाट विस्थापित सबैलाई पुर्नस्थापना गर्ने काम सुरु भएको समेत जानकारी दिए ।
उनले सुकुम्बासीलाई बसोबासको ब्यवस्था गर्नु राज्यको कर्तब्य भएको भन्दै सुकुम्बासी भनेर आउने सबैलाई घर दिन सकिने योजना आफूसँग रहेको बताए । उनले भने–सबैलाई घर दिन सकिन्छ । राज्यको केही पनि जादैन घर दिदैमा ,अब सुकुम्बासीले रोईकराई गर्ने अवस्था छैन ।
तत्कालकोलागी चोभारमा टेण्ट बनाएर बस्ने ब्यवस्था गरिने भन्दै त्यसकालागी सरकारले सुकुम्बासीलाई १५ हजार रुपैया राहतसमेत दिने स्पष्ट पारे ।
उनले चोभारमा सुकुम्बासीकालागी स्कुल, स्वीमङपुल, खाने पानी सबैको ब्यवस्था भएको आवास क्षेत्रको निर्माण गर्ने र अपाङ, अशक्तकालागी मासिक १५ हजार रुपैयाको रोजगारीको ग्यारेन्टी गर्ने समेत आफूसँग योजना गरेको दावी सो अवसरमा दावी गरे ।
कार्यक्रममा नेपाल महिला एकता समाजकी अध्यक्ष विमला लामाले उठिबास लगाईका सुकुम्बासीलाई बैकल्पीक ब्यवस्था नहुन्जेलकोलागी तत्काल बसोबास र खानपानको ब्यवस्था मिलाउन माग गरिन । सरकारले रातारात अराजक शैलीमा उठिबास लगाएको भन्दै आपत्ति समेत ब्यक्त गरिन ।
सुकुम्बासी सीता दनुवारले सरकारले भने अनुसारको चोभारमा पुर्नस्थापना गर्ने विषयमा आफूहरुलाई आशा नभएको भन्दै आफूहरुको बैकल्पिक ब्यवस्था नहुन्जेल बसोबास, खानपिनको ब्यवस्था गर्नु पर्ने माग गरिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको