स्वास्थ्य संस्था सञ्चालन प्रावधान अव्यावहारिक : एपिन

१६ जेष्ठ २०७१, शुक्रबार १७:३२ मा प्रकाशित

काठमाडौं, १६ जेठ । निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायकहरूको संगठन (एफिन) ले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० का केही प्रावधान अव्यावहारिक भएको जनाएको छ ।
संगठनले अव्यावहारिक प्रावधानबिरुद्ध सरकार र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि उक्त नयाँ निर्देशिकाका अधिकांश प्रावधानको स्वागत गर्दै एफिनले पूर्वाधार निर्माण तथा मापदण्ड पूरा गर्नेसम्बन्धी व्यवस्था व्यावहारिक नभएकाले त्यसमा पुनः विचार गर्न आग्रह गरेको छ ।
मुलुकका निजी अस्पताल तथा नर्सिङहोमको प्रतिनिधित्व गर्ने प्रतिनिधिमूलक छाता सङ्गठन एफिनका अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गरी ४० अर्बभन्दा बढी पुँजी लगानी गरी ४० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाका समस्या समाधानमा गम्भीर भइदिन सम्बद्ध पक्षलाई आग्रह गरे ।
उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह, प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपालसमक्ष समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको अध्यक्ष चौधरीले बताए ।
‘प्रचलित ऐनबमोजिम सञ्चालनको स्वीकृति पाएका स्वास्थ्य संस्थालाई नयाँ निर्देशिकाअनुसार पुनः दर्ता गर्नुपर्ने व्यवस्था, पूर्वाधार निर्माण तथा मापदण्ड पूरा गर्न दिइएको चार वर्ष तथा मुलुकको भौगोलिक अवस्थालाई दृष्टिगत नगरी अति दुर्गमदेखि सुगम क्षेत्रमा स्थापना र सञ्चालन हुने स्वास्थ्य संस्थाका लागि एउटै पूर्वाधार मापदण्ड निर्धारणप्रति एपिनको असहमति छ,’ विज्ञप्तिमा भनिएको छ ।
पूर्वाधार तथा मापदण्ड पूरा गर्न सम्पूर्ण निजी अस्पताललाई थप २० अर्बभन्दा बढी पर्ने हुँदा कम्तीमा १० वर्षको समयावधि दिनुपर्ने माग सरकारसमक्ष एपिनले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ