सुदुपश्चिमेली आन्दोलनकारीको सरकारी बार्ता टोलीसँग वार्ता नगर्ने घोषणा

३१ बैशाख २०६९, आईतवार १५:४३ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । विगत १७ दिनदेखि अखण्ड सुदुरपश्चिमकोलागी आन्दोलन गरिरहेको अखण्ड सुदुरपश्चिम आन्दोलन समितिले अब सरकारले गठन गरेको तीन सदस्यीय वार्ता टोलीसँग वार्ता नगर्ने घोषणा गरेको छ ।
समितिले आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुको आन्दोलन नुन तेल लिने आन्दोलन नभएकोले सुदुरपश्चिमेलीको माग संबोधन गर्न सक्ने हैसियत नभएको सरकारी बार्ता टोलीसँग वार्ता नगर्ने घोषणा गरेको हो । सरकारले सुदुरपश्चिमेलीसँग वार्ता गर्न उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, वर्षामान पुन र महेन्द्र यादव रहेको तीन सदस्यी वार्ता टोली गठन गरेको थियो ।
पत्रकार सम्मेलनमा समितिका सहसंयोजक ओमविक्रम भारतीले अहिलेको बार्ता टोलीले माग पुरा गर्न नसक्ने भन्दै चार दलका शिर्षनेताहरुसहित हुने बार्तामा मात्र सहभागी हुने बताए । उनले भने–हैसियत विनाको सरकारी बार्ता टोलीसँग वार्ता गर्नु भनेको समयको बर्बादीमात्रै हो ।
उनले तत्काल सार्थक बार्ता नभए राजधानीनै बन्द गर्ने चेतावनी पनि पत्रकार सम्मेलनमा दिए ।
हेमन्त रेग्मीले अखण्ड सुदुरपश्चिमको माग गर्दा आफूहरुलाई संघीयता विरोधी को आरोप लगाएको भन्दै आफूहरुको भूमिकालागी मर्न समेत तयार रहेको चेतावनी दिए ।
बन्दुक पड्काउने सँग वार्ता गर्न सरकार हापुरेसम्म पुगेको भन्दै १७ दिन आन्दोलन गर्ने सुदुरपश्चिमेलीहरुसँग भने सरकार बार्ता गर्न हिच्किचाईरहेको भन्दै आलोचना गरे । उनले अहिलेको सरकारी बार्ता टोली हैसियत विनाको भएको भन्दै शिर्ष नेताहरुसहितको वार्ता टोलीसँग मात्रै बार्ता गर्ने अडान पनि ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले

काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच