उपसमितिबाट फर्किएको विवादित प्रश्न संवैधानिक समितिद्वारा फेरि उपसमितिमा

३१ बैशाख २०६९, आईतवार १५:४१ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । संवैधानिक समितिले मतदानमा लैजान तयार गरिएका संविधानका विवादित विषयलाई थप परिमार्जन गरेर ल्याउन फेरि उपसमितिमा फर्काइ दिएको छ । समितिको आज बिहान बसेको बैठकले मतदानमा लैजाने विवादित विषयको सूची घटाउन फेरि उपसमितिमा पठाएको समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । संविधानसभा सचिवालय सिंहदरवारमा आज चार घण्टाभन्दा लामो समय चलेको बैठकले मतदानमा लैजाने प्रश्नको  भाषा मिलानसहित परिमार्जन गर्न संवैधानिक समितिमा पठाउने निर्णय गरेको हो । संवैधानिक समितिको निर्णयपछि आजका लागि बोलाइएको संविधानसभा बैठक पनि सूचनामार्फत स्थगित हुने भएको छ । भोलि बिहान बस्ने विवाद समाधान उपसमितिको बैठकमा छलफल गरेपछि ११ बजे बस्ने संवैधानिक समितिको बैठकमा पेश गर्ने उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा अधिकांश सदस्यले शासकीय स्वरुपलगायत संविधानका मूलभूत विषयमा सकमतिको प्रयास गर्नुपर्ने बताएका थिए । उपसमिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा मतदानमा लैजाने विवादित बिषयको प्रश्नावली सहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल